काठमाडौं - सत्तारुढ नेकपा सचिवालयको बैठक पेरिसडाँडामा जारी छ । पूर्वमाओवादीको मुख्यालयमा पहिलोपटक नेकपाको बैठक बसेको हो ।
बैठकमा सहभागी हुन प्रधानमन्त्री केपी ओली बिहान ११ बजेतिर पेरिसडाँडामा पुगेका थिए । ओली पहिलोपटक पेरिसडाँडा पुगेका हुन् ।
नेकपाको कार्यकारी अध्यक्ष भएपछि पुष्पकमल दाहाल प्रचण्डले पहिलोपटक पेरिसडाँडामा सचिवालय बैठक बोलाएका हुन् । नेकपाको पार्टी बैठक अहिलेसम्म धुम्बाराही र प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएकोमा पहिलोपटक पेरिसडाँडामा बसिरहेको हो ।
प्रचण्डले ओलीकै सहमतिमा पेरिसडाँडामा बैठक बोलाएको बुझिएको छ । भावनात्मक रूपमा पार्टी एकताको महसुस गराउन पनि पेरिसडाँडामा सचिवालय बैठक बोलाइएको हो । पालैपालो धुम्बाराही र पेरिसडाँडामा बैठक बोलाउने प्रचण्डको तयारी छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।