काठमाडौं - सत्तारुढ नेकपाको सचिवालय बैठक आज बिहान ११ बजे बोलाइएको छ । शुक्रबार नै बोलाइएको बैठक संविधान दिवसलगायत विभिन्न कारण देखाउँदै स्थगित गरिएको थियो
। नेकपाको कार्यकारी अध्यक्ष भएपछि पहिलोपटक पुष्पकमल दाहाल प्रचण्डले पेरिसडाँडामा बैठक बोलाएका हुन् । यसअघि धुम्बाराहीमा एकाध र अधिकांश बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको थियो ।
पेरिसडाँडा विभिन्न कारणले चर्चित छ । यो पूर्वमाओवादीको हेडक्वार्टर पनि हो । तत्कालीन एमाले र माओवादी एक भएर नेकपा गठन भएयता पेरिसडाँडामा पार्टीको बैठक बसेको छैन ।
पहिलोपटक बोलाइएकाले के होला भन्ने कौतूहलता छ । प्रधानमन्त्री केपी ओली अहिलेसम्म पेरिसडाँडा टेकेका छैनन् । पार्टी एक नहुँदासम्म उनी माओवादीको नामै सुन्न चाहँदैनथे ।
तर, अहिले त्यही पार्टीलाई आफ्नो पार्टीमा बिलय गराएका छन् । यसअघि कहिल्यै पेरिसडाँडा नटेकेका ओली आज त्यहाँ आफ्नो पाइला टेक्लान् त ? भन्ने चासो पार्टी नेता कार्यकर्तामा देखिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।