सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

प्रचण्ड आफैंलाई थाहा छैन पाँचौं हो कि छैटौं संविधान दिवस भन्ने

प्रचण्ड आफैंलाई थाहा छैन पाँचौं हो कि छैटौं संविधान दिवस भन्ने

  • मिडिया डबली
  • शनिवार, आश्विन ३ २०७७

  • 9.0K
    SHARES

  • प्रचण्ड आफैंलाई थाहा छैन पाँचौं हो कि छैटौं संविधान दिवस भन्ने

    काठमाडौं - नेपालले आज छैटौं संविधान दिवस मनाउँदैछ । शनिबार सार्वजनिक बिदा भए पनि संविधान दिवस फरक ढंगले मनाउन सरकारले आग्रह गरेको छ ।

    २०७२ असोज ३ गते नेपालको संविधान जारी भएको थियो । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री सुशील कोइरालाको नेतृत्वमा दोस्रो संविधानसभाले संविधान जारी गरेको थियो ।

    त्यस आधारमा आज संविधान जारी भएको पाँच वर्ष पुगेर ६ वर्ष लागेको छ । त्यसैले छैटौं संविधान दिवस मनाइएको हो । तर, सत्तारुढ नेकपाका कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै झुक्किएका छन् ।

    उनले यस वर्षको संविधान दिवसलाई पाँचौं संविधान दिवस भनेर शुभकामना सन्देश जारी गरेका छन् । घरमै बसेर श्रव्य सन्देश प्रचण्डले दिएका छन् । जसलाई सामाजिक सञ्जालमा राखिएको छ ।

    जबकि प्रधानमन्त्री केपी ओलीले दिएको शुभकामना सन्देशमा छैंटौं संविधान दिवस भनिएको छ । उनले घरघरमै बसेर संविधान दिवस मनाउन अपिल गरेका छन् ।

    प्रधानमन्त्री ओलीले त शनिबार टुँडिखेलमा आयोजित संविधान दिवस कार्यक्रमलाई औपचारिक रूपमा सम्बोधन पनि गरेका थिए । तर, एउटै पार्टीका अध्यक्षद्वमध्ये एकले छैटौं र अर्कोले पाँचौं दिवस भनेर गाईजात्रै देखाएका छन् ।

    prachanda.JPG

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend