सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images
राजनीतिक बिशेष

बालुवाटारका कारण प्रचण्डलाई आपत, यसरि तुहाइदिए दाहालकाे याेजना

बालुवाटारका कारण प्रचण्डलाई आपत, यसरि तुहाइदिए दाहालकाे याेजना

  • मिडिया डबली
  • शुक्रवार, आश्विन २ २०७७

  • 5.2K
    SHARES

  • बालुवाटारका कारण प्रचण्डलाई आपत, यसरि  तुहाइदिए दाहालकाे याेजना

    काठमाडौं - सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को केन्द्रीय सचिवालयको बैठक अचानक स्थगित भएपछि दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहाललाई झट्का लागेको छ ।

    नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठक दुई दिन पछाडि सरेको बताएका छन् । सचिवालयको बैठकमा मुलुकको पछिल्लो राजनीतिक अवस्था, नेकपाभित्रको आन्तरिक विषय, अख्तियारसहितका आयोगहरूको नियुक्ति लगायतमा छलफल हुने जनाइएको थियो ।

    ‘हाम्रो पार्टीको आज बस्ने भनिएको केन्द्रीय सचिवालयको बैठकस्थगित भई पर्सी असोज ४ गते बिहान ११ बजे परिसडाँडामा बस्ने तय भएको छ’, प्रवक्ता श्रेष्ठले भनेका छन् । बैठक स्थगित हुनुको कारणका विषयमा श्रेष्ठले केही भनेका छैनन् ।

    यसअघि प्रधानमन्त्री निवास बालुवाटारमा बस्दै आएको नेकपाको सचिवालयको बैठकलाई दोस्रो वरीयताका अध्यक्ष पुष्पकमल दाहालले स्थायी समितिबाट एकलौटी अध्यक्ष भएपछि पेरिसडाँडामा बैठक राखेका छन् ।

    पेरिसडाँडाको बैठकमा प्रधानमन्त्री एवम् नेकपाका अध्यक्ष केपी ओली जाने वा नजाने केही भनिएको छैन । धुम्बराहीस्थित पार्टी मुख्यालयमा बसेका बैठकहरूमा समेत नगएका ओली पेरिसडाँडामा बस्ने बैठकमा जाने सम्भावना निकै न्यून रहेको स्रोतले जनाएको छ ।

    स्थायी समितिबाट पार्टी एकलौटी चलाउने जिम्मेवारी पाएका दाहालले पहिलो बैठक पूर्वमाओवादीको हेडक्वाटर पेरिसडाँडामा राखेका थिए । पहिलो बैठक नै प्रभावित बनेपछि दाहाललाई झट्का लागेको छ ।

    स्रोतका अनुसार बालुवाटारकै कारण शुक्रबार पेरिसडाँडामा बस्ने भनिएको बैठक असोज ४ गतेसम्मका लागि स्थगित भएको छ । ओलीले पेरिसडाँडा जान रुचि नदेखाएपछि बैठक बिथोलिएको चर्चा नेकपाभित्र चलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend