आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फिल्मकर्मीहरूका लागि निर्देशक पाण्डेले उठाए आवाज- 'अब विकल्प खाजौँ '

फिल्मकर्मीहरूका लागि निर्देशक पाण्डेले उठाए आवाज- 'अब विकल्प खाजौँ '

  • मिडिया डबली
  • सोमवार, भाद्र २९ २०७७

  • 4.1K
    SHARES

  • फिल्मकर्मीहरूका लागि निर्देशक पाण्डेले उठाए आवाज- 'अब विकल्प खाजौँ '

    काठमाडौं- कोरोना भाइरसको माहामारीका कारण सबै क्षेत्रहरुमा ठूलो आर्थिक समस्या उत्पन्न भएको छ, यसको एउटा संकपूर्ण क्षेत्र फिल्मक्षेत्र पनि हो ।

    यसबीच, चलचित्र निर्देशक देवेन्द्र पाण्डेले ६ महिनादेखि फिल्म क्षेत्र शून्यको अवस्थामा रहँदा फिल्मकर्मीहरू समस्यामा परेको बताउँदै अब, विकल्प खोज्नुपर्ने बताएका छन् ।

    निर्देशक पाण्डेले सरकारले चलचित्र निमार्ण एवं प्रदर्शनका लागि विकल्प खोज्नु पर्ने बताएका छन् । निर्देशक पाण्डेले भनेका छन्, ‘फिल्मकर्मीहरूलाई कोरोनाले समस्या बनाएको छ, चलचित्र विकास समितिले फिल्मकर्मीहरूका विषयमा विशेष कार्यक्रम ल्याउनुपर्छ ।’ 

    यसबाहेक चलचित्र समिति समेत संकटमा बेलामा चुप लागेर बसेकोमा आपत्ति जनाएका छन् । सरकारले उद्योग व्यवसायीहरू र विभिन्न क्षेत्रलाई राहत हुने कार्यक्रम दिए तर चलचित्र क्षेत्रलाई भने वास्ता नगरेको उनको आरोप छ ।

    निर्देशक पाण्डेले सरकारको ध्यानाकर्षण गर्दै भनेका छन्, ‘चलचित्र क्षेत्रलाई कसरी रिकभरी गर्न सकिन्छ त्यसमा ध्यान दिनुपर्छ । सरकारले विशेष कार्यक्रम ल्याएर काम सहयोग गर्नुपर्छ ।’ चलचित्र निर्देशक समाज, निर्माता, कलाकार, मजदुर लगायतका संघ संस्था र सरोकारवालाहरूबीच सामूहिक छलफल गरेर कोरोना महामारीका बेला कसरी अगाडि बढ्ने भन्नेबारेमा पहल गर्नुपर्ने बताए ।

    कोरोना महामारीले दैनिक जीवनमा ठूलो समस्या बनाएको निर्देशक पाण्डेले बताए । ठूला फिल्म, डकुमेन्ट्री र म्युजिक भिडियोहरू निर्देशन गरेका पाण्डेले भने, ‘मलाई कोरोना महामारी र आर्थिक समस्याले चिन्तित तुल्याएको छ । फिल्म क्षेत्रमा रहेका मजदुरहरू कति समस्यामा परेका होलान् ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, भाद्र २६ २०७७०८:४८:४१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend