काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले दशैंको मुखमा मन्त्रिपरिषद् पुर्नगठन गर्ने तयारी गरेका छन्। उनले आफ्ना विश्वासपात्रमध्येबाट केहीलाई मन्त्री बनाउने तयारी गरेका छन् ।
उपप्रधानमन्त्री बन्ने आकांक्षाका साथ बामदेव गौतम अगाडि सरेका छन् । उनले सिधै ओलीलाई बालुवाटारमा भेटी अर्थमन्त्रीको दाबी प्रस्तुत गरेका छन् । तर, ओलीले हुन्न भन्न नसकेपनि हुन्छ भनेका छैनन् । गौतम भने अर्थमन्त्री नपाए राष्ट्रिय सभा सांसद पनि नबस्ने तयारीमा छन् ।
ओलीका विश्वासपात्र शंकर पोखरेल मन्त्री बन्ने सम्भावना बढेको छ । उनले प्रदेश ५ को मुख्यमन्त्री छाडेर अहिलेलाई छ महिना मन्त्री बन्नेबारे छलफल चलाएका छन् ।
ओलीले पनि पोखरेललाई सिंहदरबारमा प्रवेश गराउन खोजेका छन् । उनका लागि एउटा सिट राष्ट्रियसभा सदस्य खाली बनाउने सम्मको तयारी छ ।
माधव नेपाल समुहबाट सुरेन्द्र पाण्डेको सम्भावना बलियो छ । उनले अर्थमन्त्री ताकेका छन् । तर, ओली आफ्ना विश्वासपात्रबाट अर्थमन्त्री अन्यत्र पठाउने चाहना गरिरहेका छैनन् । सञ्चार मन्त्रालयमा पनि धेरैको दाबी छ । ओलीले सञ्चारमन्त्री बनाएर आफ्ना एकजना विश्वासपात्रलाई सरकारको प्रवक्ता बनाउन खोजेका छन् ।
ओलीले मन्त्रिमण्डल पुर्नगठन तत्काल नहुने भनेका छन् । तर, दशैंको मुखमा पुर्नगठन हुँदा केही हेरफेर समेत हुने अवस्था छ । कार्यसम्पादन हेरेर राख्ने र हटाउने बारे ओलीले आन्तरिक बैठकमा छलफल चलाएका छन् ।
मन्त्री बन्ने दौडमा भीम रावल, पम्फा भुषाल, जर्नादन शर्मा, टोपबहादु रायमाझी, महेश बस्नेत, किसनलाल श्रेष्ठलगायतका ठुलो संख्यामा नेताहरु छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।