शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

दशैंको मुखमा ओलीले बनाए ढुकुटीको साँचो जिम्मा लगाउने तयारी, यी भाग्यमानी बन्ने भए अर्थमन्त्री

दशैंको मुखमा ओलीले बनाए ढुकुटीको साँचो जिम्मा लगाउने तयारी, यी भाग्यमानी बन्ने भए अर्थमन्त्री

  • मिडिया डबली
  • शुक्रवार, भाद्र २६ २०७७

  • 63.5K
    SHARES

  • दशैंको मुखमा ओलीले बनाए ढुकुटीको साँचो जिम्मा लगाउने तयारी, यी भाग्यमानी बन्ने भए अर्थमन्त्री

    काठमाडौं– प्रधानमन्त्री केपी ओलीले करिब तीन वर्षपछि मन्त्रिमण्डल पुनर्गठन गर्ने हुनुभएको छ । सत्ता सञ्चालन गरेको दुई वर्ष पुगेलगत्तैदेखि पार्टीभित्रैबाट अनेकन अफ्ठ्याराको सामना गरेका ओलीले अन्ततः मन्त्रिमण्डल पुनर्गठन गरेर असन्तुष्टहरुको मुख बुझो लगाउने रणनीति लिएका हुन्।

    दुई तिहाईनिकटको सरकार चलाउँदा पनि जनमानसमा अनुभूत हुने खालको खासै काम गर्न नसक्नु भएका ओलीले राज्यका सबै अवयवमा एकलौटी गर्न खोजेपछि झण्डै पद नै गुमाउनु परेको थियो ।

    पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल र माधव नेपाल पक्षले प्रधानमन्त्री र अध्यक्ष पद दुबै त्याग्न दबाब दिएपछि ओली आफ्नो पद जोगाउँदै केही मन्त्री र मुख्यमन्त्रीहरु परिवर्तन गर्न सहमत भएका हुन्।

    मन्त्रिमण्डल पुनर्गठन हुँदा मुख्य गरी मुलुकको ढुकुटी सञ्चालन गर्ने अर्थ मन्त्रीको जिम्मेवारी कसले पाउँला भन्ने चासो सर्वत्र छ ।ओलीले आफ्ना निकै विश्वासपात्र डा. युवराज खतिवडालाई राष्ट्रिय सभा सांसदमा निरन्तरता दिलाउन नसक्दा उनले राजीनामा दिनु परेको थियो ।

    रिक्त अर्थ मन्त्री बन्न पार्टीका निकै नेताले आँखा लगाएका छन् । मुख्य गरी पूर्वअर्थमन्त्रीहरु विष्णु पौडेल, सुरेन्द्र पाण्डे र वर्षमान पुनलाई सम्भावित अर्थमन्त्रीका रुपमा हेरिएको छ ।

    तर पौडेलले सरकारभन्दा पार्टीको काममै रहने बताएको, पाण्डे नेपाल समूहका भएकाले विश्वास गरिहाल्न नसक्ने अवस्था भएको र पुन पनि पूर्वमाओवादी खेमाका भएकाले प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई मुख्यमन्त्रीबाट राजीनामा गराई अर्थ सुम्पने चाहना ओलीको भएको उनीनिकट स्रोतले जनाएको छ ।

    तर हालै राष्ट्रिय सभा सदस्य बनाउन पार्टीले सिफारिश गरेका नेता वामदेव गौतमले पनि अर्थ मन्त्रालय आफूले पाउनु पर्ने भन्दै ओलीसँग बार्गेनिङ गरिरेका छन्। 

    यस पटक केही नयाँ मन्त्री थपिनुका साथै केहीको मन्त्रालय अदलबदल हुने पनि जनाइएको छ । नयाँ मन्त्री थपिनेमा नेताहरु वामदेव गौतम, शंकर पोखरेल, सुरेन्द्र पाण्डे, भीम रावल, जनार्दन शर्मा, पम्फा भुषाललगायत हुनसक्ने जनाइएको छ । वर्षमान पुन, प्रदीप ज्ञवालीलगायत मन्त्रीको भने जिम्मेवारी हेरफेर हुनसक्ने बालुवाटार स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend