सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

बालुवाटारमा ओली- प्रचण्डको भेटबार्ता, मन्त्रीमण्डल पुनर्गठनको तयारि !

बालुवाटारमा ओली- प्रचण्डको भेटबार्ता, मन्त्रीमण्डल पुनर्गठनको तयारि !

  • मिडिया डबली
  • सोमवार, भाद्र २२ २०७७

  • 7.6K
    SHARES

  • बालुवाटारमा ओली- प्रचण्डको भेटबार्ता, मन्त्रीमण्डल पुनर्गठनको तयारि !

    काठमाडौँ- सत्तारुढ दल नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच बालुवाटारमा भेटबार्ता भएको छ।

    नेकपाभित्रको विवाद समाधानका लागि गठन गरिएको छ–सदस्यीय कार्यदलले तयार गरेको प्रतिवेदन, मन्त्रीमण्डल पुनर्गठन लगायतका विषयमा छलफल भैरहेको उच्च स्रोतले जानकारी दियो।

    आइतबार भेट हुने मिति तय भएतापनि आज (सोमबार) भएको हो। शनिबार प्रचण्डलाई भेट्न महासचिव विष्णु पौडेल र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल प्रचण्ड निवास खुमलटार पुगेका थिए।

    बिहान प्रचण्ड निवास पुगेका नेकपा महासचिव विष्णु पौडेल र शंकर पोखरेलले प्रधानमन्त्रीले तत्काल मन्त्रिपरिषद् पुनर्गठन नगर्ने सन्देश सुनाएका थिए ।
    ओलीको त्यस्तो सन्देश सुनेपछि प्रचण्ड असन्तुष्ट बनेको बुझिएको छ । ओलीले डा।युवराज खतिवडालाई कतै एडजस्ट गर्नुपर्ने आफ्नो धारणा रहेको सन्देश पठाएका थिए ।

    प्रधानमन्त्रीको कार्यशैलीलाई लिएर यसअघि नै माधवकुमार नेपालले सचिवालय बैठकमा नोट अफ डिसेन्ट लेखिसकेका छन् । वामदेव गौतमलाई सांसद र मन्त्री बनाउने विषयमा नेता नेपालले आपत्ति नजनाए पनि कार्यदलको प्रतिवेदनमा असहमति जनाएका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend