काठमाडौं–प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषदको पुनर्गठनलाई केहि पर धकेल्ने मनस्थिति बनाएका छन्। नेकपाभित्र फेरि नयाँ परिस्थिति देखा परेपछि तत्काल मन्त्रिपरिषद् पुर्नगठन नगर्ने भएका हुन्।
भदौको तेस्रो साता मन्त्रिपरिषद् पुनर्गठन गर्ने योजनामा रहेका प्रधानमन्त्री ओलीले पछिल्ला केहि दिनका घट्नाक्रमका कारण त्यसलाई केही दिन ढिलो गर्ने संकेत गरेका हुन्।
पार्टीका अरु प्रमुख नेताका चाहनालाई अन्य बिभिन्न मन्त्रालयमार्फत पूरा गराएर अर्थमन्त्रीमा चाहिँ डा. युवराज खतिवडालाई नै निरन्तरता दिने प्रधानमन्त्री ओलीको भित्रि इच्छा थियो।
उनको सो खाकाअनुसार अघि बढ्न पाएको भए प्रधानमन्त्री ओली भदौको तेस्रो साता नै मन्त्रिमण्डल पुनर्गठन गर्ने योजनामा थिए।
तर पार्टी सचिवालयको यसअघिको निर्णयलाई समेत आधार बनाएर उपाध्यक्ष वामदेव गौतमले राष्ट्रिय सभाको रिक्त पदमा आफूलाई नै मनोनित गर्नुपर्ने अडान लिएपछि ओली अप्ठेरोमा परे।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।