काठमाडौं - पार्टीभित्रको दवाव खेप्न नसकेपछि प्रधानमन्त्री खड्गप्रसाद ओलीले प्रिय मन्त्री गुमाउनु परेको छ ।
शुक्रबार बालुवाटारमा बसेको मन्त्रिपरिषदको बैठकमा ओली र अर्थमन्त्री डा.युवराज खतिवडाबीच कुराकानी भएको छ । भेटमा ओलीले
डा.खतिवडालाई धन्यावाद दिएका छन् । ओलीसँग डा.खतिवडाले भावकु हुँदै विदा मागेका छन् । ओली र डा.खतिवडा केही समय कुरा गर्दा भावुक बनेको एक मन्त्रीले बताए ।
स्रोतका अनुसार डा.खतिवडाले बिहीबारदेखि नै मन्त्री क्वाटर पुल्चोकबाट सामानहरू घरतिर सारेका छन् । खतिवडालाई मन्त्री बनाउन विश्व बैंकका एजेन्टहरूले ठूलो दवाव दिएका थिए ।
तर, पार्टीभित्रबाट दवाव परेपछि ओलीले अन्तिम समयमा उनलाई सांसद र मन्त्री दुबै बनाएनन् । डा.खतिवडाको ठाउँमा नेकपाका उपाध्यक्ष बामदेव गौतम राष्ट्रिय सभाको मनोनीत सांसद बन्नेछन् ।
त्यस्तै भयो भने पहिलो वरीयताको उपप्रधानमन्त्री र अर्थमन्त्री समेत बन्न सक्नेछन् । तर, गौतमलाई संविधानले मन्त्री बान्न बाटो छेकेको छ । मन्त्री बन्न गौतमका लागि संविधान संशोधन गर्नुपर्ने हुन्छ ।
नेपाली कांग्रेसका सञ्जयकुमार गौतमसँग बर्दियाबाट पराजित भएका गौतम विगत केही महिनादेखि सांसद बन्न दौडधुपहरू गरेका थिए ।
ओली क्याम्पमा प्रवेश गरेर गौतमले मनोनीत सांसद पाएका छन् । सांसद बन्ने भएपछि गौतम खुसी छन् । डा.खतिवडा भने दुःखी भएर विदा हुँदै छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।