काठमाडौं– प्रधानमन्त्री केपी शर्माओलीले मन्त्रिपरिषद् पुनर्गठनबारे आफूले सोचविचार गरिरहेको बताएका छन् ।जनता जान्न चाहन्छन् कार्यक्रममा पत्रकार ऋषि धमलाले लिएको अन्तवार्तामा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् ।
मन्त्रिपरिषद् पुनर्गठन गर्दै हुनुहुन्छ भन्ने प्रश्नमा ‘मन्त्रिपरिषदको गठन पुनर्गठन आवश्यक्ताले गरिने’ भन्दै प्रधानमन्त्री ओलीले विचार गर्दै, समिक्षा गर्दै र हेर्दै गरेको जवाफ दिए ।
उनले यो कुरा प्रधानमन्त्रीले विचार गर्ने विषय भएको भन्दै भने, ‘पूरानै साथीहरुको टिम लिएर सफलताका साथ अगाडि जान सकिन्छ वा त्यसमा आंशिक हेरफेर गर्नुपर्छ वा पुरै हेरफेर गरेर नयाँ टिमका साथ अगाडि बढ्दा बढी गतिशिलताका साथ भनेर प्रधानमन्त्रीले विचार गर्ने कुरा हो ।’
प्रधानमन्त्री ओलीले मुख्मन्त्रीहरु भने परिवर्तन नहुने संकेत गरे । अर्को डेढ वर्षपछि स्थानीय चुनाव हुने भन्दै उनले त्यस चुनावमा जितेर आएपछि सबै प्रदेशका मुख्यमन्त्रीहरु दोहोरिन, नदोहोरिन र नयाँ आउन पनि सक्ने बताए ।
उनले मुख्यमन्त्री परिवर्तनको विषयमा मिडियाहरुले सोधिरहने विषय नभएको बताउँदै मुख्यमन्त्रीहरु परिवर्तन गरेर अस्थिरतातर्फ जान नहुने र त्यो खालको निर्णय गर्न नहुने बताए ।
स्रोतका अनुसार विष्णु पौडेले, नारायणकाजी श्रेष्ठ, भीम रावल, सुरेन्द्र पाण्डे, पम्फा भुसाल लगायतका नेताहरुलाई ओलीले मन्त्री बनाउने तयारी गरेका छन्। तर, ओलीले अर्थमन्त्री डा. युवराज खतिवडालाई भने निरन्तरता दिने संकेत गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।