धनगढी– डोटीको सदरमुकाम दिपायल सिलगढी नगरपालिका–९ को सिंगो दलित बस्ती नै कांग्रेसमा प्रवेश गरेको छ। शुक्रबारमात्रै सोही वडाको गैराका ३६ जना दलित युवाहरु कांग्रेस प्रवेश गरे ।
उनीहरुलाई शुक्रबार एक कार्यक्रमका बीचमा नेपाली कांग्रेस डोटी क्षेत्र नम्बर १ का सभापति विजय खड्काले सदस्यता वितरण गर्दै स्वागत गरे ।
कांग्रेसप्रतिको विश्वास बढेपछि कलेनाका यूवाहरु आफै कांग्रेस नेतालाई बोलाएर प्रवेश गरिरहेको स्थानीय युवा नेता शेर साउँदले बताए । केहीदिनअघि कलेनाकै ६१ जना युवाहरु कांग्रेस प्रवेश गरेका थिए ।
बिगतको सदरमूकामसंगको सन्निकटताले पनि विकासले नछोएको यो क्षेत्र नगरपालिकामा गाभ्दा थुप्रै सपना बाँडिएको थियो। तर, विकास हुन नसकेपछि स्थानीय धमाधम नेकपा छोडेर कांग्रेस प्रवेश गरिरहेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।