शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

सरकारलाई १० दिने अल्टिमेटम दिएर अनसन बसेका डा.केसीलाई प्रहरीको अवरोध !

सरकारलाई १० दिने अल्टिमेटम दिएर अनसन बसेका डा.केसीलाई प्रहरीको अवरोध !

  • मिडिया डबली
  • बिहिवार, भाद्र ११ २०७७

  • 6.1K
    SHARES

  • सरकारलाई १० दिने अल्टिमेटम दिएर अनसन बसेका डा.केसीलाई प्रहरीको अवरोध !

    काठमाडौं–  कम्युनिस्ट सरकारलाई १०  दिने अल्टिमेटम दिएर अनसन बसेका डा. गोबिन्द केसीलाई प्रहरीले अबरोध गरेको छ । आफूले अघि सारेका माग पूरा गर्न भदौ १ गतेबाट अनसन बसेका उनीलाई आज प्रहरीले अबरोध गरेको हो । 

     चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै अनसन बस्न जुम्ला पुगेका केसीलाई प्रहरीले अवरोध गरेको जानकारी दिइएको छ। प्रहरीले रोकेपछि स्थानीय प्रशासनको विशेष आग्रहमा सत्याग्रह एक साता पछि सार्ने निर्णय भएको बताइएको छ । तर यसबीचमा कुनै पनि अवरोध गरेमा जस्बेतोसुकै बेलामा पनि सत्याग्रह अगाडी बढाउने डा. केसीले चेतावनी दिएका छन् । 

    त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)मा ८ वर्षदेखि वरिष्ठताका आधारमा डिन नियुक्त गर्ने परिपाटी बसेकोमा यस पटक सरकारले उक्त आधार भत्काएर दलीय भागवण्डालाई ब्युँताउन खोजेको उनको गम्भीरआरोप लगाएका थिए । 

    डा. केसीले विज्ञप्ती जारी गर्दै जुम्लास्थित कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा शीघ्र एमबीबीएस लगायतका कार्यक्रम सुरु गर्ने भनिएकोमा दुई वर्ष बितिसक्दा समेत त्यसो हुन नसकेको बताएका छन् ।

    सरकार निकट मानिसहरु अहिले पनि कर्णालीजस्ता सरकारी प्रष्तिष्ठानहरुलाई असफल पारेर मेडिकल शिक्षाको व्यापारलाई प्रवद्र्धन गर्दै मेडिकल माफियाहरुबाट नाजायज फाइदा लिन उद्यत रहेको उनले विज्ञप्तिमा उल्लेख गरेका छन् ।

    साउन ११ गते चिकित्सा शिक्षा सुधारको लागि तीन बुँदे मागसहित सरकारलाई तीन साताको अल्टिमेटम दिएका केसीले सरकारले माग पूरा गर्न कुनै चासो नदेखाएकाले पुनः अनसन बस्न लागेको बताएका थिए ।

    एक महिनाको समय दिँदा पनि सरकारले माग पूरा गर्न सरकारले कोरोना महामारीको बाहाना बनाइरहेको उनले दाबि गरेका छन्। चिकिस्सा क्षेत्रको सुधारको माग गर्दै उनले धेरै  पटक अनसन बस्दै आएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, आश्विन १४ २०७७१०:४७:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend