आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

गायक ऋषी र बिष्णुको आवाजमा रहेको 'मैना राजा रानी...' मा सायाँ र रमेशको रोमान्स

गायक ऋषी र बिष्णुको आवाजमा रहेको 'मैना राजा रानी...' मा सायाँ र रमेशको रोमान्स

  • कृष्ण प्रसाद पहाडी
  • बुधवार, भाद्र १० २०७७

  • 8.9K
    SHARES

  • गायक  ऋषी र बिष्णुको आवाजमा रहेको  'मैना राजा रानी...' मा  सायाँ र रमेशको रोमान्स

    काठमाडौँ-  पछिल्लो समयमा ब्यापक चर्चा कमाउन सफल गायक तथा सर्जक ऋषी खड्काको बिल्कुलै नयाँ लोकदोहोरी गीत  'मैना राजा रानी...' बजारमा सार्बजनिक भएको छ । सार्बजनिक भएको केहि समयमा नै धेरै दर्शकको माया पाउन सफल भएको छ । 

    उक्त गीत बुधबार खड्काको आधिकारिक युट्युब अकाउन्ट ऋषी खड्का मार्फत् सार्वजनिक गरिएको हो । गीतमा खड्कालाई गायिका बिष्णु माझीले स्वरमा साथ् दिएकी छिन् । यसमा शब्द रुपा रश्मि सापकोटाले लेखेकी छिन् । गीतको सङ्गीत रचना स्वयं खड्काले गरेका छन् ।

    खड्काले आफ्नो नयाँ गीतमा अत्यधिक मिहिनेत गरेको बताएका छन् । 'मैना राजा रानी...' बारे मिडिया डबलीसँग कुरा गर्दै उनी भन्छन्, ‘यो गीत मेरो लागि निकै महत्वपूर्ण छ । यो गीतको प्रत्येक नोट सबैमा मैले उत्तिकै मिहिनेत गरेको छु ।’ 

    यसअघि रिलिज भएको  ए परदेशी ६’ बोलको गीतको संगीत तथा आबाज आफैंले गरेका हुन् ।  रिलिज भएको २४ घण्टा नबित्दै  'मैना राजा रानी...' ले दर्शकको अत्यधिक माया पाइरहेको छ ।

    गीतको भिडियोमा सयौंको कमेन्ट आइसकेका छन् भने आउने क्रम जारी छ । धेरैले गीतको सङ्गीत, स्टोरीलाइन र प्रस्तुती असाध्यै राम्रो भएको बताइरहेका छन् । साथै, जादुमय स्वरर्फत् खड्काले आफ्ना दर्शकलाई मनोरञ्जन प्रदान गर्न कहिले पनि नचुकेको पनि बताएका छन् । कतिले गीतको शब्दले मनै छोएको बताइरहेका छन् भने कतिले भिडियोले लोकेशनको तारिफ गरेका छन्। 

    भिडियोमा मोडल सायाँ भण्डारी र रमेश हमाल ठकुरीलाई देख्न सकिन्छ । मनाङ, मुस्ताङ लगायत काठमाडौँ आसपासमा छायांकन गरिएको उक्त भिडियोलाई सिर्जन बरालले निर्देशन गरेका हुन् । भिडियोको छायांकन दिपक गिरीले गरेका छन् । 

    जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको भिडियोको अमृत चापागाईले सम्पादन गरेका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, भाद्र १० २०७७०४:४८:२८

    कृष्ण प्रसाद पहाडी

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend