शनिवार, भाद्र २७ २०८३Sep 12 2026

Logo
images images

बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी, नेकपामा हलचल !

बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी, नेकपामा हलचल !

  • मिडिया डबली
  • सोमवार, भाद्र १ २०७७

  • 7.1K
    SHARES

  • बामदेव र नारायणकाजीलाई उपप्रधानमन्त्री बनाउने ओलीको तयारी, नेकपामा हलचल !

    काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार उपाध्यक्ष बामदेव गौतमलाई बालुवाटारमा बोलाएर छलफल गरेका छन्। ओलीले  गौतमलाई सरकारमा बसेर काम गर्न आग्रह गरेका छन्। 

    पार्टी र सरकारमा मिलेर काम गर्न ओलीले भनेपछि बामदेवले आफू कठिन जिम्मेवारी सम्हाल्न तयार रहेको बताएका थिए । गौतमलाई उपप्रधामन्त्रीसहित महत्वपूर्ण मन्त्रालय दिने ओलीको प्रस्ताव छ। तर, चुनाव हारेकाले कानुनी अड्चन रहेको विषय पनि उठ्यो ।

    गौतमलाई राष्ट्रियसभामा मनोनित गरी ल्याउँदा सरकारमा जिम्मेवारी दिन मिल्ने वा नमिल्नेबारे समेत छलफल भएको थियो । त्यसका लागि ओलीले कानुन व्यवसायीसँग परामर्श थाल्ने भएका छन् ।

    संविधानमा चुनाव हारेको व्यक्ति सरकारमा जान नमिल्ने व्यवस्था छ । प्रधानमन्त्री वा मन्त्री बन्न नपाउने व्यवस्था भएकाले गौतमलाई राष्ट्रियसभा सांसद बनाएर लान मिल्ने नमिल्नेबार रायसुझाव लिने भएका छन् । आफूलाई निकै अप्ठ्यारो समयमा गौतमले साथ दिएकाले ओलीले यसपटक गुन तिर्ने बताएका छन् ।

    यसैगरी, प्रधामन्त्री ओलीले सचिवालय सदस्य नारायणकाजी श्रेष्ठलाई पनि उपप्रधानमन्त्रीसहित महत्वपूर्ण जीम्मेवारी दिने चाहना राखेका छन् । श्रेष्ठ पनि प्रतिनिधिसभा चुनावमा गोरखाबाट पराजित हुन् । उनी पछि राष्ट्रियसभा सदस्यमा निर्वाचित भएका थिए । श्रेष्ठको हकमा पनि बामदेवलाई जस्तै लागू हुन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १७ २०७७१०:२५:०९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend