काठमाडौँ- विगत लामो समयदेखि संचारकर्मी संगै कलाकारिता क्षेत्रलाई निरन्तरता दिइरहेका चिरञ्जीवी सापकोटा अभिनित पछिल्लो म्युजिक भिडियो यतिबेला चर्चामा
रहेको छ।
बादल थापाको शब्द,संगीत अनि स्वर रहेको 'हेर यो मुटुमा चिरा पर्या छ' बोलको म्युजिक भिडियो मार्फत पछिल्लो पटक चिरञ्जीवी दर्शकसामु प्रस्तुत भएका हुन् । उनले यस म्युजिक भिडियोमा गरेको अभिनयलाई यतिबेला दर्शकले अत्याधिक रुचाएका छन् ।
प्रायजसो कमेडी म्युजिक भिडियोमा अभिनय गर्ने उनले पहिलोपटक सेन्टिमेन्टल गीतमा अभिनय गरेका हुन् । उनी सेन्टिमेन्टल भिडियोमा पनि अब्बल अभिनय गर्न सक्छन् भनेर यसै म्युजिक भिडियो मार्फत दर्शकसामु प्रमाणित भएको छ भन्दा फरक नपर्ला। किनभने उक्त भिडियोमा उनले गरेको अभिनयलाई लिएर चौतर्फी तारिफ आइरहेको छ।
अफिसियल भिडियो निर्माण हुनु अगावै लोकप्रिय बनेको उक्त गीतको अफिसियल भिडियोमा रेडियोमा काम गर्ने रेडियोकर्मीको प्रेम बिछोडको कथालाई देखाइएको छ।
उक्त कथामा चिरञ्जीवीले डुबेर अभिनय गरेका छन् । भिडियो हेर्दा उनको अभिनय एकदम न्यायपुर्ण अनि जीवन्त रहेको स्पष्ट हुनेगर्छ ।
यसरी आफ्नो अभिनयलाई दर्शकले अत्याधिक रुचाइदिँदा आफुमा झन हौसला बढेको चिरञ्जीवी बताए । सार्वजनिक भएको छोटो समयमै युटुबको ट्रेन्डिङमा पनि भिडियो पर्न सफल भएको छ।
चिरञ्जीवीसंगै भिडियोमा कलाकार रोशनी कार्की, प्रेम पुरी र राज थापाको अभिनय रहेको छ। भिडियोलाई सृजन बरालले निर्देशन गरेका हुन् ।
भिडियोको छायांकन ज्ञानेन्द्र शर्मा हुमागाइंले गरेका छन् । भिडियोको सम्पादन दिन्सन शाहले गरेका हुन् भने भिडियो आहा टिभीको अफिसियल युटुब च्यानलबाट सार्वजनिक गरिएको हो।
यस्तै सापकोटाले ‘बहिनी’ नामक गीतको पोस्टर रिलिज गरेका छन् । उनले यो गीतको मुख्य भुमिकामा रहेर अभिनय गर्ने बताएका छन्। केहि दिनमा यो गीत पनि सार्वजनिक हुने तयारीमा रहेको उनले बताए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।