काठमाडौं- गीतकार डा.।डिआर उपाध्यायले नेपालका लागि फेरि नयाँ रेकर्ड कायम गरेका छन् । उनले १७ फरक विधामा विश्व किर्तिमानी कायम गर्दै नेपालका लागि नयाँ रेकर्ड बनाएका हुन् ।
आइतबार राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामेश्वर राय यादवले डा. उपाध्यायलाई विश्व रेकर्डका १७ वटा प्रमाण पत्र प्रदान गरेका हुन् ।
डा. उपाध्यायले अमेरिकन बुक अफ रेकर्ड, एशियन वल्र्ड रेकर्ड, च्याम्पिएन बुक अफ वल्र्ड रेकर्ड, द ब्रिटिस वल्र्ड रेकर्ड, वल्र्ड बुक अफ रेकर्ड युनाईटेड किङडम, युरोपियन रेकर्ड बुक, युआरएफ वल्र्ड रेकर्ड, एस्क्युसिभ वल्र्ड रेकर्ड, एभरेष्ट वल्र्ड रेकर्ड, युनिभर्सल रेकर्ड फोरम एशियन रेकर्डबाट १७ विधामा वल्र्ड रेकर्ड प्राप्त गरेका हुन् ।
उनले सामाजिक सन्देश प्रवाह गर्ने २८८ लाईनको गीत, केटा र केटीको गायन रहेको शब्द शब्दको गीत, परिभाषित गीत, हुलाक टिकटमा प्रकाशित विशिष्ट व्यक्तिहरुको नामबाट गीत, अक्षर अक्षरको गीत, तीनवटा सप्तक बनेको गीत, सगरमाथा आरोहणको नामबाट गीत, उपन्यासको नामबाट गीत, सगरमाथा शब्द धेरै पटक प्रयोग गरेर बनेको गीत, बोटबिरुवाको नामबाट गीत, धेरै पटक मुटु शब्द प्रयोग गरेर गीत, संसारमा सबैभन्दा सानो आकारको गीति पुस्तक (२ बाई २ इन्च), ८ वटा उपन्यासको एउटै पुस्तक, एकै दिन १९ गीतिसंग्रहको बिज्ञापन, एकै दिन १९ ओटा सिडी एल्बम धेरै पोष्टबक्समा खसालेको, एउटै गीतको स्थाई र अन्तरा धेरै ब्यक्तिले एकै पटक गाएको, आफ्नै शब्द रचनाको ३÷२ को सबै भन्दा धेरै प्रकारको फ्लेक्स पोष्टरबाट रेकर्ड बनाएका हुन् ।
डा. उपाध्यायले यसअघि पनि गीतसंगीतका विभिन्न काम गरेर पटक पटक गरी १५ वटा विश्व रेकर्ड कायम गरिसकेका थिए । आइतबार एकैपटक विश्व रेकर्डका १७ प्रमाणपत्र प्राप्त गरेका हुन् ।
उनले गीतसंगीतमा सामाजिक सद्भावका गीत, हरेक शब्दमा फरक फरक गायक गायिकाको स्वर समावेश गर्ने लगायतका १७ प्रयोग गरेका कारण विश्व किर्तिमानी कायम गरेका हुन् । श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले विश्वमै एकैपटक यति धेरै विश्व रेकर्ड राख्ने डा.। उपाध्यायनै पहिलो ब्यक्ति भएको भन्दै प्रशंसा गरेका छन् ।
डा. उपाध्यायले समाजमा भइरहेका कुरालाई फरक तरिकाले प्रस्तुत गरौं भन्ने उद्देश्यले अभिप्रेरित भइ काम गरेको बताए । उपाध्यायले आजै संसारकै सानो गीति पुस्तर सार्वजनिक गरेका छन् । उपाध्यायलाई विश्व रेकर्ड राख्ने काममा संगीतकार सन्तोष श्रेष्ठ र सागर अधिकारीले साथ दिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।