काठमाडौं- जननायक बिपी कोइराला स्मृति ट्रष्टले यस वर्षको साहित्य सम्मान पुुरस्कार वरिष्ठ साहित्यकार तथा इतिहासकार ज्ञानमणि नेपाललाई प्रदान गर्ने निर्णय गरेको छ ।
यसैगरी यस वर्षको बिपी सेनानी सम्मान पुरस्कार प्रजातन्त्र स्थापनाको सङ्घर्षमा महत्वपूर्ण योगदान पु¥याउनु हुने होमनाथ दाहाललाई प्रदान गर्ने निर्णय गरिएको छ ।
साहित्य सम्मान पुुरस्कारको राशि रु एक लाख एक हजार र सेनानी सम्मान पुरस्कारको राशि रु ५१ हजार रहेको छ ।
ट्रष्टका कोषाध्यक्ष पुरुषोत्तम बस्नेतको सयोजकत्वमा ट्रष्टका सदस्य डा ध्रुबचन्द्र गौतम र सुशीलमान शेरचनसमेतको सिफारिस समितिले सर्वसम्मतिबाट यो निर्णय गरेको हो ।
ट्रष्टले प्रत्येक वर्ष बिपी जयन्तीका अवसरमा बिपी साहित्य सम्मान पुरस्कार र सेनानी सम्मान पुरस्कार प्रदान गदैं आएको छ ।
यी पुरस्कार आगामी भदौ २४ गते बिपी जयन्तीका अवसरमा काठमाडौँमा आयोजना हुने विशेष समारोहमा प्रदान गरिने ट्रष्टका कार्यकारी निर्देशक राजेन्द्र पराजुलीले जानकारी दिनुभयो ।
यसअघि विसं २०७१ मा बिपी साहित्य सम्मान वरिष्ठ साहित्यकार स्व रत्नशम्शेर थापा र बिपी सेनानी सम्मान नूतन थपलियालाई, २०७२ सालमा साहित्य सम्मान साहित्यकार गोपाल पराजुलीलाई र सेनानी सम्मान स्व तारानाथ कोइरालालाई, २०७३ सालमा साहित्य सम्मान साहित्यकार भुवन ढुङ्गाना र सेनानी सम्मान श्यामलाल श्रेष्ठलाई प्रदान गरिएको थियो ।
यसैगरी २०७४ सालमा साहित्यतर्फ प्राडा अभि सुवेदी र सेनानी सम्मान दाङका तीर्थराज चैतुलाई, २०७५ सालमा साहित्यतर्फ रोचक घिमिरे र सेनानी सम्मान स्व चक्रप्रसाद बास्तोलालाई तथा २०७६ सालमा साहित्य सम्मान तिलबिक्रम नेवाङ ९बैरागी काँहिला० र सेनानी सम्मान मधुकान्त सिंहलाई प्रदान गरिएको थियो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।