आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्जु पन्तको आवाजमा तीज गीत ‘आमाले नदुखाउनु मन...’ बजारमा

अन्जु पन्तको आवाजमा तीज गीत ‘आमाले नदुखाउनु मन...’ बजारमा

  • मिडिया डबली
  • आइतवार, श्रावण ११ २०७७

  • 5.8K
    SHARES

  • अन्जु पन्तको आवाजमा तीज गीत ‘आमाले नदुखाउनु मन...’ बजारमा

    काठमाडौं - नेपाली हिन्दु नारीहरूको विशेष पर्व हरितालिका तीज नजिकिँदै गर्दा कलाकारहरुको धमाधम तीज गीतहरु बजारमा आएका छन् ।

    पछिल्लो समयमा चर्चित गायिका अन्जु पन्तको सुमधुर आवाजमा सजिएको कारुणिक तीज गीत ‘आमाले नदुखाउनु मन...’ बजारमा आएको हो।

    चर्चित सर्जक तथा गीतकार श्रीकृष्ण बम मल्लको लय, शब्द तथा निर्देशन रहेको गीतमा चेलीको दुःख, पिडा र बेदनालाई चित्रण गरिएको छ ।

    बाग्लुङको गल्कोटमा छायांकन गरिएको गीतको भिडियोमा देश ब्यापी फैलिएको कोरोना भाइरसको कारण दिदीबहिनीहरुको सिन्दुर पुछिएको, गाउलेले गर्ने अपहेलना, तीजमा चेली माईत जान नपाउँदाको दुखलाई चित्रण गर्न खोजिएको छ।

    भिडियोमा मोडल करिश्मा ढकालसँगै मनोज कार्की, स्नेह राना, दिलिप राना, याम सिरिस, कौसिला घर्ति मगर, सोनिया मल्ल, सनम मल्ल , गङ्गा मल्ल , सोनी मल्ल, समिर मल्ल, चन्द्रा परियार, अल्लु अर्जुनको अभिनय देख्न सकिन्छ ।

    गीतको भिडियोलाई विकाश ज्ञावलीले सम्पादन र बिनोद खड्काले छायांकन गरेका हुन् ।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, श्रावण ११ २०७७०३:१५:०४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend