सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 6.2K
    SHARES

  • देउवा र ओलीबीच भेटवार्ता, के भयो कुराकानी ?
    फाइल तस्वीर

    काठमाडौं - नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री खड्गप्रसाद ओलीबीच भेटवार्ता भएको छ ।

    प्रधानमन्त्री निवास बालुवटारमा बिहीबार भएको भेटवार्तामा कोरोना भाइरसको संक्रमण र रोकथाममा सरकारले गरिरहेको तयारीका विषयमा छलफल भएको हो ।

    देउवाले १२० दिन लामो लकडाउन खुलेपछि ओलीलाई भेटेका हुन् । देउवाले लकडाउनका बावजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जन बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि ओलीसँग आग्रह गरेका छन् ।

    कोरोना भाइरसको परीक्षण पीसीआर प्रविधीबाट मात्रै गर्न आग्रह गर्दै देउवाले क्वारेन्टिनहरू अझैपनि मापदण्डयुक्त बनाउन सरकारले ध्यान नदिएकोमा आपत्ति प्रकट गरेका छन् ।

    विदेशमा अप्ठ्यारोमा परेका नेपालीलाई उद्धार गर्ने कार्यमा तिब्रता दिनपनि सभापति देउवाले आग्रह गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।

    ‘बाढी र पहिरोमा परेर देशका विभिन्न स्थानमा कयौंको मृत्यु, कयौं बेपत्ता र सयौं घरबार बिहीन भएको हुँदा सरकारले उद्धार, राहत र पुनःस्थापनाका लागि युद्धस्तरमा कार्य गर्न सभापतिले आग्रह गर्नुभएको छ’, विज्ञप्तिमा भनिएको छ ।

    कोरोना सृजित चुनौतिहरूका कारण उब्जिएका विभिन्न क्षेत्रका असन्तुष्टि र आन्दोलनहरूले अघि सारेका जायज मागहरूलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्न पनि देउवाले प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend