आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

एनआईसी बैंकलाई अर्बाैंको झड्का लाग्ने खतरा, सर्वोच्चमा भू–माफियाको ठुलो चलखेल

एनआईसी बैंकलाई अर्बाैंको झड्का लाग्ने खतरा, सर्वोच्चमा भू–माफियाको ठुलो चलखेल

  • मिडिया डबली
  • बिहिवार, श्रावण ८ २०७७

  • 7.2K
    SHARES

  • एनआईसी बैंकलाई अर्बाैंको झड्का लाग्ने खतरा, सर्वोच्चमा भू–माफियाको  ठुलो चलखेल

    काठमाडौं - ओरेन्टल सहकारी संस्थाले ऋण तिर्न नसकेपछि एनआईसी एशिया बैंकले २०७० सालदेखि आफ्नो नाममा ल्याएको धापासीस्थित अर्बौंको जग्गामा ठूलो चलखेल भएको छ ।

    ओरेन्टलले जग्गा धितो राखेर लिएको रकम तिर्न नसकेपछि विगत ७ वर्षदेखि उक्त जग्गा एनआईसी बैंकले आफ्नो नाममा ल्याएर कार्यालय समेत सञ्चालन गरिरहेको छ ।

    राजधानीको धापासीहाइटमा रहेको २६ रोपनी ९ आना जग्गा अहिले एनआईसी एसिया बैंकको नाममा छ । उक्त जग्गाको मूल्य अहिलेको बजार भाउ अनुसार १ अर्ब २५ करोडको हाराहारीमा पर्ने बताइन्छ । ७ वर्षअघि एनआईसी बैंकले २४ करोडमा उक्त जग्गा बिड गरेर आफ्नो नाममा ल्याएको थियो ।

    एनआईसीले उक्त जग्गामा २०७४ सालमा करिब ३० करोड भन्दा बढी लगानी गरेर भौतिक संरचना समेत निर्माण गरिसकेको छ । विभिन्न व्यक्तिहरुको करोडौं रकम ठगी गरेका उक्त सहकारीका अध्यक्ष सुधीर बस्नेत पक्राउ परी जेलबाट छुटिसकेका छन् ।

    स्रोतका अनुसार उनी जेलबाट छुटेपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराका भाई प्रभु राणासँग साँठगाँठ गरी लिएको ऋण र ब्याज÷हर्जना समेत नतिरी उक्त जग्गा आफ्नो नाममा ल्याउन चलखेल गरिरहेका छन् ।

    राणालाई बस्नेतले करोडौंको लोभ देखाएर मुद्दालाई प्रभावित पार्न अदालतमा समेत चलखेल गर्न थालेको स्रोत बताउँछ ।

    १० वर्ष अघि भौतिक संरचना निर्माण गर्नका लागि २४ करोड ऋण दिएको एनआइसी एसियाले त्यति नै मुल्यमा उक्त जग्गाको बिड गरेपछि ओरेन्टल पीडितहरुले बैंकविरुद्ध आन्दोलन समेत गरेका थिए ।

    सुधीर बस्नेत सञ्चालक रहेको ओरेन्टल विल्डर्स डेभलपर्स प्रालिबाट सञ्चालित काठमाडौं जिल्ला कामनपा ४ धुम्बाराही परियोजनालाई उक्त जग्गा धितो राखी एनआइसी एशिया बैंकले कर्जा दिएको थियो ।

    २०७२ सालमा सुधीर बस्नेतका बाबुले सर्वोच्च अदालतमा एनआईसी बैंकविरुद्ध जग्गा फिर्ता गराई पाउँ भनी मुद्दा दर्ता गराएका थिए । तर, उनी आफैले तारेख गुजारेपछि सर्वोच्चले २०७४ सालमा मुद्दा नै खारेज गरेको थियो । त्यसपछि फेरि बस्नेत त्यहि मुद्दा लिएर सर्वोच्चमा पुगे ।

    २०७४ सालमै पुनारावलोकनका लागि निवेदन दिएपछि अदालतले निस्सा दिएको थियो । उक्त मुद्दा दर्ता भएपछि अहिलेसम्म पेसी सर्दै टर्दै आइरहेको छ ।

    उक्त जग्गालाई आकर्षक देखेपछि सुधीर बस्नेतको आर्थिक प्रलोभनमा परेर प्रभुले एकातिर बस्नेतसँग चलखेल गरिरहेका छन् भने अर्कोतिर बैंकका केही व्यक्तिहरुसँग पनि सम्पर्क बढाएको स्रोतले उल्लेख गर्यो । प्रभुले बस्नेतको भेगासिटीमा पनि साझेदारी गरेर काम गर्न थालेको स्रोतको दावी छ ।

    बस्नेतले उक्त जग्गाको ऋण, ब्याज र हर्जना सहित ६० करोड भन्दा बढि रकम तिुर्नपर्ने देखिन्छ । त्यसमा पनि एनआईसी एशियाले भौतिक संरचना निर्माण गर्दा ३० करोड भन्दा बढि खर्च भएको दावी गर्दै आएको छ ।

    तर, यदि सुधिरकै नाममा यो जग्गा जाने हो भने बैंकले ९० करोड रकम दावी गर्न सक्ने एनआईसीकै एक सञ्चालक बताउँछन् । आजको युनाइटेड पोस्टमा खबर छापिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, आषाढ १२ २०८११२:३०:३०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend