काठमाडौँ- चर्चित गीतकार तथा सर्जक बसन्त थापा, सर्जक प्रल्लाद सुबेदी र निर्देशक सुनिल क्षेत्रिको सहकार्यमा मोडल तीज गीत 'गण्डकी बग्यो सली सली...' बजारमा सार्बजनिक भएको छ ।
गायिका मीना निरौलाको सुमधुर आवाजमा सार्बजनिक भएको गीतको शब्द प्रल्लाद सुबेदीले लेखेका हुन् ।
सुबेदीको शब्द टपक्क टिपेर गीतकार तथा सर्जक बसन्त थापाले गीतको संगीत गरेका छन् । गीतको संगीत संयोजन आशिष अविरलले हरेका हुन् ।
जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त गीतको भिडियोमा मोडल अन्जली अधिकारीलाई देख्न सकिन्छ ।
चर्चित निर्देशक तथा कोरियोग्राफर सुनिल क्षेत्रिको निर्देशनमा तयार पारिएको भिडियोको छायांकन अजय रेग्मीले गरेका छन् ।
भाबगंगा डिजिटल प्रा. लि. म्युजिक कम्पनिले सार्बजनिक गरेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।