काठमाडौं - अखिल नेपाल फुटबल संघ(एन्फा)का पूर्वअध्यक्ष गणेश थापाले पत्रकारमाथि दुर्व्यवहार गरेका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता समेत रहेका थापा र उनका छोरा अभिषेक थापाले ‘हाम्रो खेलकुद डटकम’का सम्पादक तिमल्सिनामाथि अभद्र व्यवहार गरेका हुन् ।
नेपाल खेलकुद पत्रकार मञ्चले शुक्रबार विज्ञप्ति जारी गरेर पूर्वसांसद समेत रहेका थापाले प्रकाश तिमल्सिनालाई अभद्र व्यवहार गरेको जनाएको छ ।
बिहीबार तिमल्सिनाले समाचारका लागि पूर्व अध्यक्ष थापासँग फोन वार्ता गरेका थिए । वार्ताका क्रममा थापाले तिमल्सिनालाई गाली गलौजसहित अभद्र व्यवहार गरेको मञ्चले जनाएको छ ।
‘नितान्त समाचार संकलनका लागि गरिएको फोन वार्तालाई लिएर पत्रकार तिमल्सिनामाथि गरिएको अभद्र व्यवहारको जति निन्दा गरे पनि पुग्दैन’, मञ्चका महासचिव प्रज्वल ओलीद्वारा जारी विज्ञप्तिमा भनिएको छ ।
बेलाबेला विवादमा आइरहने पूर्वअध्यक्ष थापा सानो कुरामा पनि आबेगमा आउने गर्छन् । पूर्वअध्यक्ष थापाका छोरा अभिषेकले कार्यलय परिषरमै गएर वादविवाद गरेको पनि विज्ञप्तिमा उल्लेख छ ।

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।