आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्टका केन्द्रीय सदस्यले समेत राखेपको सदस्यसचिवमा आवेदन दिए

कम्युनिस्टका केन्द्रीय सदस्यले समेत राखेपको सदस्यसचिवमा आवेदन दिए

  • मिडिया डबली
  • बिहिवार, श्रावण १ २०७७

  • 6.6K
    SHARES

  • कम्युनिस्टका  केन्द्रीय सदस्यले समेत  राखेपको सदस्यसचिवमा आवेदन दिए
     

    काठमाडाैं- राष्ट्रिय खेलकुद परिषद् (राखेप)को नयाँ सदस्यसचिवका लागि नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्यले समेत अावेदन दिएका छन् । 

    घरेलु खेलकुदको सर्वाेच्च निकाय राखेपको नयाँ कार्यकारी पदका लागि पहिलोपटक आवेदन आह्वान गरिएको थियाे । बिहीबार (१ साउन) साँझ ५ बजेसम्म अन्तिम मिति रहेकाे अवस्थामा अहिलेसम्म सदस्यसचिवका लागि २७ जनाले आवेदन दिएका छन् ।

    सत्तारुढ दल नेकपानिकट व्यक्तिहरूको आवेदन भने झनै बढी देखिएको छ । खेलकुदसचिव रामप्रसाद थपलियाको संयोजकत्वमा रहेको सिफारिस समितिले बिहीबार सार्वजनिक गरेअनुसार नेकपाका केन्द्रीय सदस्यदेखि पूर्वखेलाडीसम्मको आवेदन परेको छ । 

    आवेदन खुलेको दोस्रो दिनमै भलिबलका पूर्वखेलाडीद्वय अन्जु श्रेष्ठ र नीलमसिंह बज्राचार्यले आवेदन दिएका थिए । अन्जु नेपाली महिला टोलीकी पूर्वकप्तान हुन् भने नीलम नेपाली भलिबल टोलीले आधिकारिक पहिलो अन्तर्राष्ट्रिय खेल खेल्दाकी सदस्य हुन् । 

    यस्तै, नेकपाका केन्द्रीय सदस्य लिलबहादुर थापामगरले पनि राखेपको नयाँ सदस्यसचिवका लागि आवेदन दिएका छन् । उनी नेपाल भलिबल संघका पूर्वउपाध्यक्षसमेत हुन् । 

    सदस्यसचिवका लागि योग्यता

    राखेपको सदस्यसचिवका लागि नेपाली नागरिक, स्नातक तह उत्तीर्ण भएको, ३० वर्ष उमेर पूरा भएको, कुनै पनि कसुर नलागेको हुनुपर्नेलगायत योग्यता तोकेको छ ।

    समितिले यी आवेदनबाट एक महिलासहित तीनजनाको नाम राखेपको नयाँ सदस्यसचिवका लागि मन्त्रालयसमक्ष सिफारिस गर्नेछ । मन्त्रालयले सो सिफारिसलाई मन्त्रिपरिषद् बैठकमा लैजानेछ ।

    मन्त्रिपरिषद्को बैठकले सिफारिसमा परेका तीनमध्ये एकलाई आगामी चार वर्षका लागि राखेपको नयाँ सदस्यसचिवको रूपमा नियुक्त गर्नेछ । 

    सदस्यसचिवका लागि आवेदन दिनेहरू

    • रमेश सिलवाल 
    • अञ्जु श्रेष्ठ 
    • रवि राजकर्णिकार 
    • ध्रुवराज न्यौपाने 
    • विजयकुमार राई 
    • मेघराज पौडेल
    • नीलमसिंह बज्राचार्य 
    • अच्युतम लामिछाने 
    • रोशन महर्जन 
    • अनिल अधिकारी 
    • हर्कबहादुर राई 
    • मीना श्रेष्ठ
    • शिवराज भट्ट 
    • लिलबहादुर थापा 
    • अच्युत खनाल
    • मनबहादुर गुरुङ
    • रामेश्वर श्रेष्ठ
    • सुदिल शाही 
    • सानुराजा केसी
    • किशोर शाही
    • रमेशमान डंगोल
    • खेमराज अधिकारी
    • राम पुडासैनी
    • सुनिल नकर्मी
    • रणबहादुर चन्द
    • दीपेन्द्र ढकाल
    • तेजबहादुर गुरुङ

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, श्रावण १ २०७७०८:१७:११

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend