काठमाडौं -नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य प्रतिलिटर १/१ रुपैयाँले बढाएको हो।
निगमले सार्वजनिक गरेको नयाँ मूल्य सूची अनुसार अब पेट्रोल प्रतिलिटर १ सय २ रुपैयाँ तथा डिजल र मट्टितेल प्रतिलिटर ८८. ८८ रुपैयाँ पर्नेछ।
निगमका प्रवक्ता विनित मणी उपाध्ययायले जारी गरेको विज्ञप्ति अनुसार खाना पकाउने एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत राखिएको छ। सरकारले कोरोना भाइरसको माहामारीका बेला मूल्यवृद्धि अनुचित रहेको भन्दै नेविसंघले घटनाउन आग्रह गर्दै आएको थियो । यसबीच सरकारले भने मूल्य झन बढाएको हो ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।