सोमवार, आश्विन १९ २०८३Oct 05 2026

Logo
images images

केटाकेटी खेलमा कम्युनिस्ट : प्रचण्ड फकाउन ओलीले ३ नेता पठाए

केटाकेटी खेलमा कम्युनिस्ट : प्रचण्ड फकाउन ओलीले ३ नेता पठाए

  • मिडिया डबली
  • बिहिवार, आषाढ २५ २०७७

  • 11.5K
    SHARES

  • केटाकेटी खेलमा कम्युनिस्ट : प्रचण्ड फकाउन ओलीले ३ नेता पठाए

    काठमाडौं - प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच पार्टीविवादको विषयमा सहमति हुन सकेको छैन् । बुधबार दुई अध्यक्षबीच भएको छलफलमा सहमति नजुटेपछि प्रधानमन्त्री ओलीले अध्यक्ष प्रचण्डलाई मनाउन ओलीले आफु निकट तीन नेतालाई खुमलटार पठाएका थिन् ।

    स्रोतका अनुसार बिहीबार दिउँसो स्थायी कमिटी सदस्य सुवास नेम्वाङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली खुमलटार पुगेका हुन्। उनीहरुले प्रचण्डलाई सहमति गरेर जान बिभिन्न प्रस्तावसहित आग्रह गरेका थिए।
    असार १० गतेदेखि बसेको नेकपा स्थायी समिति बैठकमा नेताहरुले प्रधानमन्त्री ओलीलाई सरकार र पार्टी सञ्चालन दुवैतर्फ राम्रोसँग गर्न नसकेको भन्दै ओलीले दुबैपदबाट राजीनामा दिनुपर्ने माग उठेको छ। तर दुवै पदबाट नहट्ने अडानमा ओली टसका मस नभएपछि नेताहरुबीचको विवाद थप बल्झिएको हो।


    पछिल्ला वार्तामा पनि ओलीले प्रचण्डलाई अध्यक्ष हुने भए महाधिवेशनसम्म कुर्नुपर्ने र प्रधानमन्त्री हुने भए संसदीय दलमा निर्वाचित भएर आउन चुनौति दिएपछि प्रचण्ड बालुवाटारबाट विना सहमति निस्किएका थिए।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend