काठमाडौं - नेकपा पार्टीभित्रको विवाद साम्य पार्न कालागि प्रधानमन्त्री एवं सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी ९नेकपा० का अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफल सुरु भएको छ ।
आज (बुधबार) अपरान्ह प्रधानमन्त्री निवास बालुवाटारमा दुई अध्यक्षबीच वार्ता सुरु भएको हो । नेकपा पार्टी विभाजनको संघारमा पुगेपछि दुई अध्यक्ष केहि दिनयतादेखि निरन्तर वार्तामा रहेका छन् ।
आजको वार्ता पनि पार्टीभित्रको विवाद साम्य पार्नका लागि नै भइरहेको प्रचण्डका प्रेस सहयोगी विष्णु सापकोटा जुगलले बताएका छन् ।
यद्यपी दुई अध्यक्षबीच मुख्य विषयमा वार्ता हुन नसकेको बताइदै आएको छ । सहमति हुन सकने भने पार्टी विभाजन या प्रधानमन्त्री ओलीको पद जानेसमेत आशंका नेकपाकै नेताहरुको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।