कैलाली- कैलालीमा नेकपाका कार्यकर्ताहरुबीच तनाव बढेको छ । प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड पक्षका नेकपाका कार्यकर्ताबीच झडप भएपछि तनाब बढेको हो ।
सचेत नागरिक समाजले प्रधानमन्त्री ओलीको समर्थनमा सोमबार साँझ कार्यक्रम आयोजना गरेको थियो। कार्यक्रममा प्रचण्डपक्षका कार्यकर्ताहरु आवेगमा अाएपछि स्थिती फेरिएकाे थियाे ।
काैयक्रमका क्रममा लम्की चोकमा ओली पक्षका कार्यकर्ताले ‘प्रचण्ड कम्रेडले के के हर्कत गर्नु भएको छ, हामीलाई थाहा छैन ?’ भन्दै भाषण गरेका थिए । त्यसलगत्तै प्रचण्ड पक्षका कार्यकर्ताले ‘नाम तोकेर कसलाई भनेको’ भन्दै हातपात गरेका थिए।
त्यसलगतै ओली पक्षका कार्यकर्ताले भारतीय दलाललाई कारबाही गर भन्दै प्रचण्डविरुद्ध नारा जुलुस गरेका थिए। प्रहरीले तत्काल स्थिति नियन्त्रणमा लिएको थियो।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।