काठमाडौं– गीतकार डा. डीआर उपाध्यायले ‘मायाको सागरमा’ गीति एल्बमको एक गीत १२ भाषामा तयार पारेर विश्व रेकर्ड राखेका छन्।
एल्बममा सन्तोष श्रेष्ठको संगीत छ । गीतमा सागर अधिकारी ‘शरद’, डा. डीआर उपाध्याय र प्रकाश तिमिल्सिनाको स्वर छ । सो एल्बमको एउटा गीत नेपाली, हिन्दी, चाइनिज, जापानिज, अंग्रेजी, रसियन, कोरियन, फ्रेन्च, स्पेनिस, इटालियन, जर्मन र थाई भाषामा तयार पारिएको छ ।
शनिबार काठमाडौंमा आयोजित कार्यक्रममा गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाण पत्र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री रामेश्वर राय यादवले गीतकार डा. उपाध्यायलाई हस्तान्तरण गरे ।
गीतकार उपाध्यायले समाजका लागि र आत्मसन्तुष्टिका लागि गीत लेख्ने गरेको बताए । आफूले रेकर्ड, पुरस्कार र अवार्डका लागि गीत नलेखेको बताउँदै उनले लेख्दै जाँदा विभिन्न पुरस्कार, अवार्ड तथा रेकर्ड हात परेको बताए ।
गीत लेखेर एकपछि अर्को कीर्तिमान कायम गरेका डा. उपाध्यायले वर्ल्ड बुक्स अफ अमेरिका, अष्ट्रेलिया, लण्डनलगायत विभिन्न देशबाट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरेका छन् । उपाध्यायले मिराकल वर्ल्ड रेकर्ड, इण्डिया स्टार वर्ल्ड रेकर्ड, एक्सक्लुसिभ वर्ल्ड रेकर्ड, जीनस वर्ल्ड रेकर्ड, एभरेष्ट वर्ल्ड रेकर्डको प्रमाणपत्र प्राप्त गरिसकेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।