मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

अन्ततः ओली र प्रचण्डको कुरा मिलने, कि पद जाने कि पार्टी फुट्ने संकेत

अन्ततः ओली र प्रचण्डको कुरा मिलने, कि पद जाने कि पार्टी फुट्ने संकेत

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १९ २०७७

  • 8.8K
    SHARES

  • अन्ततः ओली र  प्रचण्डको कुरा मिलने, कि पद जाने कि पार्टी फुट्ने संकेत

    काठमाडौं -नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को भोलीको स्थायी कमिटि बैठक निकै महत्वपूर्ण हुने ठानिएको छ । शुक्रबार तीन घण्टासम्म बालुवाटारमा भएको दुई अध्यक्षबीचको बैठक निश्कर्ष विहिन हुँदा भोलीको बैठक महत्वपूर्ण हुने भएको हो ।

    बालुवाटारको बैठकमा पुष्पकमल दाहाल प्रचण्डले २०७५ जेठ २ गतेको समझदारीमा फर्किए सहमति हुनसक्ने संकेत गरेका छन् । तर, ओलीले भने २०७६ मंसिर ४ गतेकै सम्झौतालाई आधार मान्ने अडान राखेका छन् ।

    ०७५ जेठ २ को समझदारी अनुसार ओली र प्रचण्ड अढाइ–अढाइ वर्ष प्रधानमन्त्री हुनुपर्ने छ । जस अनुसार आउँदो मसिंरमा प्रधानमन्त्री ओलीले पद प्रचण्डलाई दिनुपर्नेछ ।

    ०७६ मंसिर ४ को सम्झौता भनेको पाँचै वर्ष ओलीले प्रधानमन्त्री चलाउने र प्रचण्डले कार्यकारी अध्यक्ष चलाउने हो । ओलीले यो सम्झौता मात्रै मान्ने संकेत देखाएका छन् ।

    बैठकमा ओलीबाट पार्टी र पद दुवै कुरा चल्न नसक्दा पार्टीमा असहमति देखिएको र एउटा छोडे समहति हुनसक्ने प्रचण्डको सुझाव थियो । तर, ओलीले दुवै नछोड्ने अडान राखेका छन् ।

    भोलिको स्थायी कमिटी बैठकअघि पुनः दुई अध्यक्षबीच सहमतिका लागि छलफल गर्ने बताइएको छ । सहमति भयो भने नेकपामा केहि शान्ति आउँने छाँटकाँट देखिन्छ । यदि सहमति भएन भने नेकपाको भोलीको बैठकमा ठूलै खैंलाबैला हुनसक्छ ।

    सहमति भएन भने स्थायी कमिटीको बैठकमा बहुमत सदस्यहरुले ओलीलाई तत्काल पदबाट राजीनामाको निर्देशन दिने छन् । यद्यपी बैठक नेकपा पार्टी विभाजन कै स्थितीमा भने नपुग्न सक्ने र त्यसको सट्टा लामो समसयका लागि स्थायी कमिटि स्थिगीत हुनसक्ने जनाइएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend