मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ओलीका अघि प्रचण्ड-नेपालको दाल गलेन, निराश हुँदै गर्दैछन् यस्तो निर्णय !

ओलीका अघि प्रचण्ड-नेपालको दाल गलेन, निराश हुँदै गर्दैछन् यस्तो निर्णय !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १९ २०७७

  • 11.6K
    SHARES

  • ओलीका अघि प्रचण्ड-नेपालको दाल गलेन, निराश हुँदै गर्दैछन् यस्तो निर्णय !

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दुवैअध्यक्षहरुले पार्टी जाेगाउन सहमतिको बाटो अपनाउँने देखिएको छ । पार्टी फुटाएर पद जोगाउन नयाँ अध्यायदेश नै ल्याउने भयानक रणनीति अपनाएका प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टी दर्ता गर्न समेत झण्डै भ्याएका थिए ।

    ओलीका अघि नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपाल फेल खाएपछि दुवै नेकपाले नयाँ माेड लिएकाे छ ।

    नेकपाका अर्का अध्यक्ष प्रचण्डले पार्टी जोगाउन ओलीसँग भएको पूरानो सहमतिको बाटो नै अपनाएका छन् । ४ मंसिर, २०७६ मा नेकपा सचिवालयले ओलीले पाँच वर्ष सरकार चलाउने र अर्का अध्यक्ष प्रचण्डले पार्टी चलाउने निर्णय गरेको थियो ।

    अब, ओली र प्रचण्डले सोही सहमतिका आधारमा अघि बढन् खोजेका छन् । उक्त सहमतिले ओली ५ वर्ष नै सरकार चलाउने र प्रचण्डले पार्टीको जिम्मेवारी पाउने निर्णय गरेको थियो ।

    तर, प्रधानमन्त्री ओलीले भने उक्त निर्णय निर्णयमा नै सिमित राखेर दुवैतिर आफ्नो रवाफ पेल्दै आएका थिए । अहिले नेकपा फुट्नै लाग्दा पार्टी जोगाउन भएपनि ओली सो निर्णयकै आधारमा अघि बढ्ने आसा गरिएको छ ।

    प्रचण्डले कार्यकारी हैसियत पाएपनि पार्टीमा सो भूमिका निभाउनै नदिइएको गुनासो गर्दै आएका थिए। प्रचण्डको यो असन्तुष्टि सम्बोधन गर्न अव बस्ने स्थायी कमिटी बैठकले कार्यकारी अधिकारको स्पष्ट व्याख्या गर्ने भएको छ ।

    यस अनुसार पार्टीमा ओलीभन्दा शक्तिशाली हैसियतमा प्रचण्डलाई पुर्याउने सम्भावना बलियो बनेको छ ।

    आ–आफनो समुहमा छलफल गरे पछि शनिवार ११ बजे स्थायी कमिटी बैठक बस्नु अघि पुनः ओली–प्रचण्डले एक पटक छलफल गरेर सो निर्णय बैठकमा लैजाने पनि सहमति नेकपामा भएको स्रोतले जनाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend