काठमाडौँ- केहि दिन अगाडी सार्बजनिक गरिएको 'तीज महामारी काण्ड २०७७' ले बजारमा तहल्का मच्चाउन सफल भएको छ । उक्त भिडियो आएको केहि दिनमा नै करिब १५ लाख भन्दा धेरै दर्सक श्रोताको मन जित्न सफल भएको हो ।
उमंग म्युजिक प्रा.लि.ले नेपालीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर तिज महामारी काण्ड २०७७ सार्वजनिक गरेको थियो । गीतमा गायक पुरुशोत्तम पौडेल, खेम सेन्चुरी गायिका सर्मिला गुरुङ र देवि घर्तीको स्वर रहेको छ ।
भिडियोमा हायस्यब्यङ्गयकार राम चन्द्र अधिकारी (गोप्ते काजी), रमा थपलिया , अन्जली अधिकारी, खेम सेन्चुरी र शिब पौडेलको रहेको छ । भिडियोको निर्देशन तथा छयाङ्कन दुर्गा पौडेलले गरेका छन् भने सम्पादन शिब पौडेलकै रहेको छ ।
विश्वभरी महामारीको रुपमा फैलिएको (कोभिड ९१९) कोरोना भाइरसले नेपाली समाजमा पारेको प्रभाव, सामाजिक सांस्कृतिक परम्परामा पुर्याएको बाधा लगायतका बिषयमा केन्द्रित रहेर तिज कोसेली महामारी काण्ड बजारमा ल्याएको हो कोरोना भाइरसका कारण नेपाली नागरिकहरुले पाएको दुःख, कष्ट, भोकभोकै सुत्न परेको मजदुरको पीडा, घरपरिवारबीच कोरोनाका कारण मनोवैज्ञानिक असर, राहतपनि नपुग, विदेशमा बसेका नेपालीहरुलाई घरमा बसेका आमाबाबाले सम्झिएर रुदै बसेका कथा, मलामी जान समेत डराउनु परेको र छरछिमेकीले समेत ज्वरो, हाँछ्यू आउँदा पनि गलत नियतले हेर्ने गरेका र संसारमा ठूलो धन मान्ने चलनलाई कोरोनाले तोड्दिएको समेत गीतमा समेटिएको कथामा स्पस्ट देखाइएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।