आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

फुटकाे संघारमा नेकपा, प्रचण्डको दुखेसो 'एकता गर्नेले नै फुटाए कस्को के लाग्छ र !'

फुटकाे संघारमा नेकपा, प्रचण्डको दुखेसो 'एकता गर्नेले नै फुटाए कस्को के लाग्छ र !'

  • मिडिया डबली
  • बिहिवार, आषाढ १८ २०७७

  • 13.7K
    SHARES

  • फुटकाे संघारमा नेकपा,  प्रचण्डको दुखेसो 'एकता गर्नेले नै फुटाए कस्को के लाग्छ र !'

    काठमाडौं - नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अहिले फुटको संघारमा उभिएको छ । प्रधानमन्त्री एवं नेकपाका अध्यक्ष केपी शर्मा ओली आफ्नो छुट्टै रणनीति अनुसार अघि बढी रहेका छन् ।

    नेकपाका अन्य शिर्षनेताहरुलाई समेत ओलीले टेरेका छैनन् । यसबीच नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली र राष्ट्रपति विद्यादेवी भण्डारीलाई छुट्टाछुट्टै भेटेका छन् ।

    भेटपछि प्रचण्ड स्थायी कमिटी बैठकलाई सम्बोधन गरेका थिए । सम्बोधनका क्रममा उनले आफूहरुले गरेको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री ओलीले संसद अधिवेशन अन्त्य गरेको बताएका छन् ।

    त्यस्तै (राजनीतिक दल विभाजनका लागि सहज बनाउने) अध्यादेश ल्याउने कुरा पनि चलिरहेको उनले बैठकमा भनेका छन् । बैठकमा बोल्दै उनले भने, ‘प्रधानमन्त्रीकै निवासमा बैठक बसिरहेको छ । बैठकमा आउन मैले पटक–पटक आग्रह गरेको छु, तर उहाँ आउन मान्नुभएको छैन ।’

    त्यस्तै प्रचण्डले आफुले पार्टीको एकता कायम राख्न चाहेको बताएका छन् । उनले बैठकमा भने, ‘हाम्रो प्रयास सफल भयो भने पार्टीमा ऐतिहासिक एकता कायम हुन्छ’ स्थायी कमिटी बैठकमा उनले भने, ‘त्यो प्रयास सफल भएन । पहिलो अध्यक्षले नै अध्यादेश ल्याएर पार्टी फुटाउनुभयो भने कसको के लाग्छ र ?’

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७०२:४८:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend