काठमाडौं– केपी शर्मा ओली नेतृत्वको मन्त्रीमण्डलका विज्ञ अर्थमन्त्री डा। युवराज खतिवडा बजेट कार्यान्वयनमा यसपटक पनि असफल देखिएका छन्। चालु आर्थिक वर्ष समाप्त हुन करिब दुई हप्ता मात्रै बाँकी रहँदा राजश्व संकलन र बजेट खर्च दुई तिहाई पनि पुर्याउन नसक्दा खतिवडा यसपटक पनि बजेट कार्यान्यनमा असफल देखिएका हुन्।
चालु आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहेको अवस्थामा मंगलबारसम्म सरकारले ६ खर्ब ९८ अर्ब ४८ करोड ५ लाख रुपैयाँ राजश्व संकलन गरेको छ। उक्त संकलन गरिएको राजश्व लक्ष्यको ६२ दशमलव ८१ प्रतिशत मात्रै हो। चालु आर्थिक वर्ष २०७६र०७७ मा कुल ११ खर्ब १२ अर्ब ३ करोड ३२ लाख रुपैयाँ राजश्व संकलन गर्ने सरकारी लक्ष्य रहेको छ। अहिलेकै स्थितिमा लक्ष्य अनुसारको बाँकी राजश्व संकलन गर्न अबको दुई हप्तामा करिब करिब असम्भव जस्तै देखिन्छ।
त्यस्तै चालु आर्थिक वर्षको बजेट खर्च कुल बजेटको ६१ दशमलव ८१ प्रतिशत मात्रै खर्च भएको छ। चालु आर्थिक वर्षमा १५ खर्ब ३२ अर्ब ९६ करोड ७१ लाख रुपैयाँ बजेट खर्च गर्ने सरकारी लक्ष्य रहेकोमा मंगलबारसम्म ९ खर्ब ४७ अर्ब ५८ करोड ७४ लाख रुपौया मात्रै खर्च गरिएको छ। आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै रहेकोमा अवस्थामा बाँकी खर्च गर्न नसकिने देखिन्छ।
महालेखा नियन्त्रक कार्यालयका अनुसार चालुतर्फको खर्च ७४ दशमलव ९६ प्रतिशत खर्च भएको छ। चालुगततर्फ कुल ९ खर्ब ५७ अर्ब १० करोड १४ लाख रुपैयाँ बजेट विनियोजन गरिएकोमा मंगलबारसम्म ७ खर्ब १७ अर्ब ४१ करोड ११ लाख रुपैयाँ खर्च गरिएको छ।
त्यस्तै विकासका योजनाहरुमा खर्च गरिने पुँजीगत तर्फको बजेट भने ३३ प्रतिशत मात्रै खर्च गरिएको छ। आर्थिक वर्ष सकिन दुई हप्ता मात्रै बाँकी रहेको अवस्थामा पुँजीगततर्फको बजेट ३३ दशमलव ३५ प्रतिशत खर्च गरिएको हो। कुल ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ पुँजीगततर्फका लागि विनियोजन गरिएकोमा मंगलबारसम्म १ खर्ब ३६ अर्ब ६ करोड १५ लाख रुपैयाँ मात्रै खर्च गरिएको महालेखा नियन्त्रकको कार्यालयले जानकारी दिएको छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।