काठमाडौं - पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि फिर्ता गर्न नेपाल विद्यार्थी संघले कदम चालेको छ । बुधबारबाट लागू हुनेगरी भएको मूल्यवृद्धि फिर्ता गर्न नेविसंघ अध्यक्ष राजीव ढुंगानाले विज्ञप्ति जारी गर्दै माग गरेका हुन् ।
लकडाउनका कारण जनताको आर्थिक अवस्था कमजोर बनेका बेला मूल्यवृद्धि अनुचित रहेको नेविसंघको भनाइ छ ।
नेपाल आयल निगमले बुधबारबाट लागू हुनेगरी पेट्रोलमा प्रतिलिटर ५ रुपैयाँ र डिजेल र मट्टीतेलमा २र२ रुपैयाँ बढाएको थियो। नेविसंघले बढेको मूल्य फिर्ता नलिए संघर्षमा उत्रने चेतावनी पनि विज्ञप्तिमार्फत दिएको छ।
‘कोरोनाका कारण संकटमा रहेका नागरिकको घाउमा पेट्रोलियम पदार्थको मूल्य बढाएर सरकारले जनताको घाउमा मलम लगाउनुको साटो नुनचुक छर्किएको छ,’ नेविसंघका महामन्त्री दीपक भट्टराईले भने, ‘बढेको मूल्य फिर्ता भएन भने नेविसंघ संघर्षमा उत्रिने छ।’

मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।