आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

लकडाउनकै बेला सुनिल र वीनाको लभ !

लकडाउनकै बेला सुनिल र वीनाको लभ !

  • मिडिया डबली
  • शुक्रवार, आषाढ १२ २०७७

  • 9.2K
    SHARES

  • लकडाउनकै बेला सुनिल र वीनाको लभ !

     काठमाडौं - पछिल्लो समयमा ब्यापक चर्चामा रहेका म्युजिक भिडियोका निर्देशक तथा मोडल सुनिल क्षेत्रीको अभिनयमा ‘मायालु’ बोलको गीत रिलिज भएको छ । देशभर लकडाउन भइरहेको बेला भिडियोमा मोडल क्षेत्रि र वीना राउतको दमदार रोमान्स गरेको देख्न पाइन्छ । 

    क्षेत्रीले गीतका भावअनुसार आफूले निर्देशन गरेको बताए। ‘गीतको शब्द, संगीतलाई सकेसम्म म्युजिक भिडियोमा जस्ताको त्यस्तै उतार्ने प्रयास गरेको छु’, उनले भने, ‘यो गीत दीर्घकालसम्म सुन्न र हेर्नका लागि मैले उत्तम ठानेको छ ।’

    क्षेत्री युवापुस्तामा पछिल्लो समय लोकप्रिय छन् । उनले निर्देशन गरेका र अभिनय रहेका म्युजिक भिडियोहरू युट्युबमा निकै रुचाइएकामा पर्छन् ।

    गीतमा गायक भुपु पाण्डे र गायिका प्रवीषा अधिकारीको स्वर रहेको छ। बिहीबार राजेश अर्यालको अफिसियल युट्युबटबाट गीतको म्युजिक भिडियो रिलिज गरिएको हो ।

    ‘मायालु’का संगीतकार गायक पाण्डेनै हुन् । आफ्ना हरेक गीतहरूमा नयाँ प्रयोग गर्दै आएका गायक पाण्डेले निकै फरक शैलीको गीत बनाएको बताएका छन् । आधुनिक, सास्त्रीय संगीत र लोक फलेभर मिसिएको गीतका शब्द पनि निकै राम्रो रहेको पाण्डेले बताए ।

    उनले भने, ‘राजेश अर्यालले लेख्नुभएको शब्द राम्रा छन् । संगीत, स्वर र म्युजिक भिडियो सबै कुरालाई हाम्रो टिमले न्याय गरेका छौँ जस्तो लागेको छ ।’ गीतका शब्द राजेश अर्यालले लेखेका हुन् ।

    रचनाकार अमेरिकामा बस्दै आएका छन् । अमृत चापागाइँको सम्पादन, नवराज उप्रेतीको छायाँकनमा निर्माण भएको ‘मायालु’लाई ‘द पीक’मा रेकर्ड गरिएको थियो ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ १२ २०७७११:४७:२६
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend