आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कम्युनिस्ट सरकारका पालामा चरम आर्थिक संकटमा देश

कम्युनिस्ट सरकारका पालामा चरम आर्थिक संकटमा देश

  • मिडिया डबली
  • शुक्रवार, आषाढ ५ २०७७

  • 7.3K
    SHARES

  • कम्युनिस्ट सरकारका पालामा चरम आर्थिक संकटमा देश

    काठमाडौं–सरकार यतिबेला आर्थिक संकटमा छ। यो कुरा अर्थमन्त्रीद्वारा संसदमा प्रस्तुत भनाइले पुष्टि गरिसकेको छ । जेठ १५ गते बजेट ल्याएका अर्थमन्त्रीले त्यसको १५ दिनपछि सरकारलाई दैनिक खर्च धान्नै समस्या परेको अभिव्यक्ति दिए लगतै बजेटमा खर्च कटौती गर्ने ठाउँ हुँदा हुँदै अनावश्यक शीर्षकमा बजेट विनियोजन गरेर अर्थमन्त्रीले गम्भीर गल्ती गरेको आरोप लाग्न थालेको छ ।

    यद्यपि अझैपनि अर्थमन्त्रीले निर्मम भएर खर्च कटौती गर्नसक्ने ठाउँ रहेको विज्ञहरु बताउँछन् । अर्थमन्त्रीले सरकारको खर्च मासिक ४० अर्ब र आम्दानी औसतमा १५ अर्ब रहेको अभिव्यक्ति दिएका थिए । यो सँगै सरकार गम्भीर संकटमा परेको विषयले चर्चा पाउन थालेको हो । संकटमा रहेको सरकारले बजेटमा सम्बोधन गर्न नसकेपनि अझैपनि निर्मम खर्च कटौती गरेर झण्डै ३ खर्बको हाराहारीमा खर्च जोहो गर्न सक्ने ठाउँ रहेको छ। प्रा.डा डिल्लीराज खनाल सार्वजनिक खर्च पुनरावलोकन आयोगका संयोजक हुन् । आयोगले अर्थ मन्त्रालयलाई यस विषयमा प्रतिवेदन नै बुझाएको थियो । तर, अर्थमन्त्रालयले सो प्रतिवेदन प्रकाशित नै गरेन ।

    सरकारले खर्च कटौतीको धेरैजसो अवसर बजेट पास गरेसँगै गुमाइसकेको उनको भनाइ छ । यद्यपि, केन्द्र र प्रदेशले बजेट ल्याइसकेको सन्दर्भमा अब स्थानीय तहमार्फत केही खर्च कटौतीको क्षेत्रलाई सम्बोधन गर्न सक्ने ठाउँ रहेको उनको भनाइ छ ।

    आर्थिक वर्षको अन्तिम महिना असारमा खर्च बढ्ने र राजस्व नउठ्ने हुँदा झनै समस्या हुनेछ । उनका अनुसार सरकारलाई कि राजस्व बढाउने कि खर्च कटौती गर्ने दुई विकल्प छन् । ‘अहिले सरकारले राजस्व बढाउन सक्ने ठाउँ छैन यसकारण पनि खर्च कटौतीको विकल्प छैन,’ प्रा।डा खनालले भने । ऋण पनि विकल्पको रुपमा भएपनि अत्यधिक ऋणले देशलाई असर गर्ने भएकाले सरकार खर्च कटौतीमा निर्मम हुनैपर्ने उनको सुझाव छ ।

    अर्का अर्थविद् केशव आचार्य कोभिड बाहेकका बजेटमा समावेश भएका नयाँ योजना हटाउन र मन्त्रालयको संख्या घटाएर पनि खर्च कटौती गर्न सकिने बताउँछन् ।

     

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, आषाढ ५ २०७७१०:२५:१२

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend