आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

अन्ततः घुँडा टेक्दै अर्थमन्त्री खतिवडा, विजुली गाडीको कर हट्ने!

अन्ततः घुँडा टेक्दै अर्थमन्त्री खतिवडा, विजुली गाडीको कर हट्ने!

  • मिडिया डबली
  • मंगलवार, जेठ २७ २०७७

  • 10.3K
    SHARES

  • अन्ततः घुँडा टेक्दै अर्थमन्त्री खतिवडा, विजुली गाडीको कर हट्ने!

    काठमाडौं–अर्थमन्त्री युवराज खतिवडा विद्युतीय गाडीमा कर बढाउने निर्णयबाट पछि हट्ने भएका छन्।

    प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा खतिवडा पछि हट्न लागेका हुन्। चौतर्फी आलोचना भएपछि प्रधानमन्त्रीले नै उनलाई विद्युतीय गाडीमा लगाइएको कर परिवर्तन गर्न निर्देशन दिएका छन्।

    यद्यपि विद्युतीय सवारीमा लगाइएको कर कति घटाउने भन्ने स्पष्ट छैन। यसबारे अहिले मन्त्रालयमा छलफल चलिरहेको अर्थ मन्त्रालयका एक अधिकारीले जानकारी दिए।

    संसदमा समेत नेकपा आफैँले लिएको नीति विपरीत विद्युतीय सवारीमा कर बढाएको भन्दै तीव्र आलोचना भइरहेको छ। संसदमा नेकपाको चुनावी घोषणा पत्रमा विद्युतीय गाडीलाई प्रोत्साहन गरिने उल्लेख रहेको सांसद देवेन्द्रराज कँडेलले बताएका थिए।

    आइतबार पनि संसदमा बोल्दै कँडेलले नेकपाले काठमाडौं उपत्यकामा ३ वर्षमा विद्युतीय सवारीको मात्रै उपयोग भनेको थियो। त्यो कुरा भोटको लागि मात्रै भएको र राजनीतिक बेइमानी गरेको आरोप लगाएका थिए।

    तर, यसअघि नै प्रधानमन्त्री ओलीले आफ्ना प्रमुख सल्लाहाकार विष्णु रिमाल र अर्थमन्त्री खतिवडालाई सँगै राखेर बढाएको करका विषयमा सोच्न निर्देशन दिएका छन्।

     

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, जेठ २७ २०७७०४:११:०१

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend