काठमाडौं - नोभेल कोरोना भाइरसको कहर र छिमेकीको नेपाली भूमि अतिक्रमणविरुद्ध वरिष्ठ गायक खेम सेञ्चुरीले देशभक्ति गित ल्याएका छन् ।
कोभिड-१९ अर्थात कोरोना भाइरसको त्रास र छिमेकी देश भारतको सीमा अतिक्रमण,भोक,प्यास, तिर्खा, निद्रा, थकान,आँसु, जीवनका सम्पुर्ण पिरको भारी बोकेर बाँच्न विवश दुखी, गरिब र राष्ट्रप्रेमी नेपालीको कथा बोकेको गीत सार्वजनिक गरिएको छ ।
"कोरोनाविरुद्ध संसार लडेको छ । दिनदिनै संक्रमितको संख्या बढेको छ । नेपाल र नेपाली नै अप्ठ्यारोमा पर्यो । यही बेलामा छिमेकीले नै मन दुख्ने काम गर्यो । ए नेताज्यू केही त बोल यो आपतविपतमा", जस्ता मार्मिक शब्दहरु रहेका छन् ।
'पुर्खाले रगतको खोलो बगाइ जोगाएको बिर्ता, हाम्रो भूमि जसरी नी ल्याउनुपर्यो फिर्ताजस्ता मर्मस्पर्शी र इतिहास बोल्ने शब्दहरु गीतमा रहेका छन् ।
छिमेकी र मेरो देश बोलको देशभक्ती गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने खेम सेञ्चुरीको स्वर र संगित रहेको छ । मालाश्री संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन बिनोद बाजुरेलीले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।