आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भोलिदेखि बैंकहरू फेरि बन्द गरिँदै, राष्ट्रबैंकको कडा निर्देशन

भोलिदेखि बैंकहरू फेरि बन्द गरिँदै, राष्ट्रबैंकको कडा निर्देशन

  • मिडिया डबली
  • बुधवार, बैशाख ३१ २०७७

  • 154.5K
    SHARES

  • भोलिदेखि बैंकहरू फेरि बन्द गरिँदै, राष्ट्रबैंकको कडा निर्देशन

    काठमाडौं – मन्त्रिपरिषद् बैठकको निर्णयपछि खुल्न थालेका बैंक तथा वित्तीय संस्थाका कार्यालय बिहीवारदेखि फेरि बन्द हुने भएका छन् ।

    नेपाल राष्ट्र बैंकले बैंकलाई सीमित शाखा कार्यालय मात्रै खोल्न निर्देशन दिँदै अधिकांश शाखा बन्द गर्न निर्देशन दिएको छ ।

    आईतवारदेखि बैंकहरूले सबै शाखा कार्यालय खोलेर सेवा दिन थालेका थिए । बैंकका कारण पनि सडकमा भीडभाड बढेको गुनासो आएपछि राष्ट्रबैंकले सबै शाखा कार्यालयहरू नखोल्न कडा निर्देशन दिएको छ ।

    राष्ट्र बैंकका बैंक तथा वित्तीय संस्था नियमन विभागका प्रमुख देवकुमार ढकालले अब बैंकका कर्मचारीहरूले परिचयपत्र वा बैंकको चिठी देखाएर आवातजावत गर्न नपाउने बताए । सीमित शाखाहरू खोल्नका लागि राष्ट्रबैंकले बुधवार बैंकहरूलाई केही पास वितरण गरेको छ । पास लिएर मात्रै बैंकका कर्मचारीहरू आवातजावत गर्न पाउने भएका छन् ।

    ढकालका अनुसार राष्ट्रबैंकले २७ वाणिज्य बैंकहरूलाई २० वटाका दरले पास वितरण गरेको छ भने विकास बैंकहरूलाई १० वटाका दरले पास दिएको छ ।

    फाइनान्स कम्पनीहरूलाई ८ वटा र लघुवित्त वित्तीय संस्थाहरूलाई प्रतिसंस्था ५ वटाका दरले पास वितरण गरिएको ढकालले बताएका छन् ।

    वाणिज्य बैंकका सीईओहरूको संगठन नेपाल बैंकर्स संघले पनि भोलिबाट सबै शाखा कार्यालय नखोल्ने निर्णय गरेको छ । संघका कार्यकारी निर्देशक अनिल शर्माले आवश्यकता अनुसार थोरै कर्मचारी राखेर केही शाखाबाट मात्रै सेवा दिने मौखिक निर्णय भएको बताएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, बैशाख ३१ २०७७०३:११:०३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend