काठमाडौं– लकडाउनको कारण पोखरामा फसेका पूर्व युवराज पारस शाह तेश्रोचोटि फेरि हृदयाघातको शिकार भएको खवर झूठो ठहरिएको छ ।
हिजो रातभर र दिनभर ताल किनारको होटलमा चुल्हो चौको जोडेर खुशियालीमा भयँकर पार्टी थियो । हिजो मध्यरात १२ बजेर ३६ मीनेट जाँदाBREAK Up finally, free at last भनेर FB मा पोस्ट गरेका थिए ।
युट्युबमा अश्लील अन्तर्वार्ता कार्यक्रम प्रस्तोता सोनिका रोकायासङ्ग लिभिङ्ग टुगेदरमा रमाउदै आएका पारसको आफ्नो घरपरिवारसङ्ग राम्रो सम्बन्ध छैन । छोरा हृदयेन्द्र, छोरीहरु पूर्णिका र कीर्तिका हुर्किसकेको अवस्थामा उनले चाहेर पनि पत्नी हिमानीसङ्ग कानूनी रूपमा छुट्न सम्भव छैन । बरु सोनिकासङ्ग भने सम्पूर्णतस् अलग भएको खुलासा उनी आफैले गरेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।