आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

तानसेन सिमेन्टले चाल्यो कोरोनाविरुद्ध कदम

तानसेन सिमेन्टले चाल्यो कोरोनाविरुद्ध कदम

  • शुक्रवार, बैशाख १२ २०७७

  • 6.1K
    SHARES

  • काठमाडाैं - विश्वव्यापी महामारीको रुपमा फैलिइरहेको कोरोना भाइरसको सम्भावित संक्रमणको जोखिम रोकथाम एवं नियन्त्रणका लागि पाल्पा सिमेन्टद्वारा पश्चिम नवलपरासी सुनवल नगरपालिका–७ मा किटनासक औषधी छर्ने काम सम्पन्न भएको छ । सुनवल नगरपालिका–७ का वडाध्यक्षको अगुवाइमा र सिसाहानीमा अवस्थित पाल्पा तान्सेन सिमेन्टको सहयोगमा वडाका सम्पूर्ण ठाउँमा विषादी छरिएको छ । खानीस्थल प्रभावित क्षेत्रमा सहयोग गर्नका लागि भनेर पाल्पा सिमेन्ट प्रालिले ४ लाख १ हजार रुपैयाँको चेक माथागढी गाउँपालिकाका कार्यकारी प्रमुखलाई हस्तान्तरण गरेको छ । सुनवल नगरपालिकाको दैवी प्रकोप उद्दार विशेष कोषमा जम्मा हुने गरी पाल्पा सिमेन्ट प्रालिले २ लाख ११ हजार १११ रुपैयाँ सहयोग गरेको छ । सहयोग रकम सुनवल नगरपालिकाका प्रमुख भीमबहादुर थापा, वडा नम्बर ३ र ५ का अध्यक्षद्वय कर्णबहादुर सेन र थमनसिंह नेपालीलाई समूहका पीआर मेनेजर जीवन प्रकाश निरौला लगायतका पदाधिकारीले चैत २७ गते हस्तान्तरण गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख १२ २०७७०८:२४:२२
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend