आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा झनझन् फैलिँदै कोरोना भाइरस, एकैदिनमा हजार बढी संक्रमित

भारतमा झनझन् फैलिँदै कोरोना भाइरस, एकैदिनमा हजार बढी संक्रमित

  • आइतवार, चैत्र ३० २०७६

  • 4.6K
    SHARES

  • काठमाडौं – नेपालको छिमेकी देश भारतमा दिनदिनै कोरोना भाइरसको संक्रमण झनझन् फैलिँदै गएको छ । भारतमा कोरोना संक्रमित र मृतकको संख्या हरेक दिन बढ्दै गइरहेको छ । भारतको स्वास्थ्य मन्त्रालयले पछिल्लो २४ घण्टामा एक हजारभन्दा बढी व्यक्तिमा कोरोना संक्रमण भेटिएको पुष्टि गरेको छ । भारतीय सञ्चारमाध्यमका अनुसार मन्त्रालयले देशभर ७ हजार ४ सय ४७ जनामा कोरोना संक्रमण पुष्टि भएको र २ सय ३९ जनाको ज्यान गएको जनाएको छ । भारतको राजधानी नयाँदिल्लीमा कोरोनाका कारण एक दिनमा ५ जनाको मृत्यु भएको छ, जुन एकैदिन दिल्लीमा मृत्यु हुनेको संख्यामध्ये हालसम्मकै बढी हो । एक निमा १६६ वटा नयाँ संक्रमण पुष्टि भएको नयाँदिल्लीमा हालसम्म १ हजार ६९ जनामा संक्रमण भेटिएको छ । भारतमा धेरै संक्रमित भेटिएको महाराष्ट्रपछि नयाँदिल्लीमा धेरै संक्रमण पुष्टि भएको छ । भारतको इण्डियन काउन्सिल फर मेडिकल रिसर्च (आईसीएमआर) ले शनिवार साँझसम्म १ लाख ६४ हजार ७ सय ७३ जना मानिसको १ लाख ७९ हजार ३ सय ७४ वटा नमूनाको कोरोना परीक्षण गरेको जानकारी दिएको छ । काउन्सिलले परीक्षणमा ४.३ प्रतिशतमा कोरोनाको संक्रमण भटिएको जनाएको छ । भारतमा महाराष्ट्र, दिल्ली, तमिलनाडु, राजस्थान, मध्य प्रदेश तथा तेलाङ्गना लगायतका प्रान्त कोरोना संक्रमणबाट धेरै प्रभावित रहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, चैत्र ३० २०७६०३:२६:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend