आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

विश्व स्वास्थ्य संगठनको चेतावनी : लकडाउन खोले कोरोना झन् घातक हुनसक्छ !

विश्व स्वास्थ्य संगठनको चेतावनी : लकडाउन खोले कोरोना झन् घातक हुनसक्छ !

  • शनिवार, चैत्र २९ २०७६

  • 6.5K
    SHARES

  • काठमाडौं – विश्व स्वास्थ्य संगठनले विश्वभर जारी लकडाउन तत्कालै हटाए कोरोना भाइरस महामारीको परिस्थिति झन् घातक हुनसक्ने चेतावनी दिएको छ । संगठनका महानिर्देशक डा. ट्रेडोस अडामोन गेब्रेससले केही देशले आर्थिक प्रभावसँग संघर्ष गर्नु परेपनि प्रतिबन्ध खुकुलो पार्दा सावधान हुनुपर्ने बताएका छन् । युरोपेली मुलुकमध्ये कोरोनाको संक्रमणबाट सर्वाधिक प्रभावित मुलुक स्पेन र इटालीले प्रतिबन्धलाई केही सहज बनाएपनि लकडाउनलाई जारी नै राखेका छन् । हाल संसारभर १६ लाख बढी मानिसमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने यसबाट ज्यान गुमाउनेको संख्या १ लाख नाघिसकेको छ । जेनेभाको एक भिडिओ समाचार कन्फ्रेसनमा ट्रेडोसले केही युरोपियन मुलुकमा कोरोना भाइरसको संक्रमण स्वागतयोग्य रुपमा कम भइरहेको बताएका छन् । विश्व स्वास्थ संगठनले प्रतिबन्धहरू कम गर्न सरकारसँग मिलेर गरिरहेको उनले जानकारी दिए । ‘तर छिट्टै ती प्रतिबन्धहरू उठाउँदा घातक पुनरुस्थान हुनसक्छ,’ महानिर्देशक डा. ट्रेडोसके भनेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, चैत्र २९ २०७६०३:३४:१०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend