आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

नरेन्द्र मोदीको इच्छा पूरा हुँदै, नेपाललाई भयो फाइदा !

नरेन्द्र मोदीको इच्छा पूरा हुँदै, नेपाललाई भयो फाइदा !

  • शुक्रवार, चैत्र २८ २०७६

  • 5.2K
    SHARES

  • काठमाडौं – भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको इच्छा अनुसार कोरोना भाइरसविरुद्ध लड्न दक्षिण एसियाली सहयोग संगठन (सार्क) सक्रिय भएको छ । सार्कको सक्रियतासँगै नेपाल लगायत सदस्य राष्ट्रलाई फाइदा पुग्ने देखिएको छ । सार्क सदस्य मुलुकबीच अनलाइनबाट उत्पत्ति प्रमाणपत्र वा पछि कागजात पेश गर्ने शर्तमा व्यापार गर्न सकिने भएको छ । कोरोना महामारीका बेला व्यापारलाई थप सहजीकरण गर्न सार्क सदस्य मुलुकले कागजपत्रको झन्झटलाई यसरी सुल्झाउने समझदारी गरेका हुन् । सार्कका वाणिज्य सहसचिवबीच बुधबार भएको भिडिओ कन्फरेन्समा उत्पत्ति प्रमणपत्रविनै आयात–निर्यात गर्न दिनेलगायत समझदारी भएको हो । महामारीका कारण उत्पत्तिको प्रमाणपत्र जारी गर्न तथा भन्सारसम्म पेस गर्न समस्या हुने भएकाले त्यस्ता कागजको फोटोकपी वा फोटो पेस गर्दा पनि हुने अथवा पछि पेश गर्दा पनि हुने गरी समझदारी भएको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव नवराज ढकालले बताए । ‘कोरोना महामारीले निम्त्याएको असहज परिस्थितिमा उत्पत्तिको प्रमाणपत्रलगायत कागजात पेश गर्न समस्या देखिएको छ, त्यही भएर सूचना प्रविधिका माध्यमबाट यस्ता कागजाज पेश गर्दा पनि हुने गरी समझदारी भएको छ,’ ढकालले भने । खासगरी भारतसँगको व्यापारमा यस्तो समझदारी तत्काल कार्यान्वयनमा आउने ढकालले बताए । ‘नेपाल र भारतबीच यसअघि पनि भिडिओ कन्फरेन्स भएको थियो,’ उनले भने, ‘दुई मुलुकबीच व्यापार सहजीकरणका लागि यस्ता थुप्रै समझदारी भएका छन् ।’ भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आह्वानमा २ चैतमा सार्ककका सदस्य राष्ट्र कार्यकारी प्रमुखबीच भिडिओ कन्फरेन्स आयोजना भएको थियो । त्यहाँ भएका समझदारीलाई कार्यान्वयनका लागि वाणिज्यतर्फको वार्ता बुधवार भएको हो । वाणिज्य सहसचिवस्तरको वार्ताको संयोजन पनि भारतीय पक्षले गरेको थियो । सार्कका ८ सदस्यमध्ये पाकिस्तान भने सहभागी भएन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०५:१०:२९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend