आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

भारतमा कोरोना संक्रमण हालसम्मकै उच्च !

भारतमा कोरोना संक्रमण हालसम्मकै उच्च !

  • शुक्रवार, चैत्र २८ २०७६

  • 4.4K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमण भारतमा हालसम्मै उच्च गतिमा बढ्दै गएको छ । भारतमा बिहीवार विभिन्न प्रान्तमा ७ सय ८१ जना नयाँ संक्रमित फेला परेका छन्, यो संख्या एकैदिनमा हालसम्मकै उच्च हो । भारतीय सञ्चारमाध्यम टाइम्स अफ इण्डियाका अनुसार महाराष्ट्र प्रान्तमा बिहीवार २ सय २९ जना नयाँ संक्रमित पुष्टि भएका छन् । महाराष्ट्र राज्य संक्रमितको संख्या १ सय ५० भन्दा बढी संक्रमित भेटिएको पहिलो प्रान्त भएको छ । बिहीवार तमिलनाडु, राजस्तान, गुजरात र दिल्लीमा क्रमशः ९६, ८०, ७६, र ५१ जना नयाँ संक्रमित फेला परेका छन् । बिहीवारको संक्रमित संख्याले गत हप्ताको संक्रमण दरलाई तोडेको छ । गत हप्ता संक्रमित भेटिने दर प्रतिदिन ५–६ सयको हाराहारी थियो । बिहीवार मात्रै भारतमा थप ३१ जना कोरोना संक्रमितको ज्यान गएको छ । यससँगै भारतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या २ सय ३२ पुगेको छ । बिहीवार मृत्यु भएका ३१ मध्ये १५ जना महाराष्ट्र प्रान्तका हुन् भने ३ जना दिल्लीका रहेका छन् । महाराष्ट्रमा हालसम्म कोरोनाबाट ९७ जनाको मृत्यु भइसकेको छ । भारतका २० प्रतिशत संक्रमित महाराष्ट्र प्रान्तका रहेका छन् भने ४० प्रतिशत मृतक पनि महाराष्ट्र प्रान्तकै रहेका छन् । नेपालसँग सीमा जोडिएको बिहार प्रान्तमा बिहीवार १२ जना नयाँ कोरोना संक्रमित भेटिएका छन् । यससँगै बिहारमा संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमण फैलिन नदिन प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको केन्द्र सरकारले देशभर लकडाउन गरेको छ । वैशाख २ गतेसम्मका लागि गरिएको लकडाउन लम्ब्याउनुपर्ने संकेत प्रधानमन्त्री मोदीले गरिसकेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०४:३३:१७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend