आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना महामारी झन् भयावह : एकैदिन ७ हजार बढीको मृत्यु, ८५ हजार बढी नयाँ संक्रमित

कोरोना महामारी झन् भयावह : एकैदिन ७ हजार बढीको मृत्यु, ८५ हजार बढी नयाँ संक्रमित

  • शुक्रवार, चैत्र २८ २०७६

  • 4.2K
    SHARES

  • काठमाडौं – विश्वव्यापी महामारीका रुपमा फैलिएको कोरोना भाइरस संक्रमणबाट संसारभर ज्यान गुमाउने व्यक्तिको संख्या ९५ हजार नाघेको छ । विश्वभर २०९ देशमा फैलिएको कोरोनाबाट बितेको २४ घण्टामा मात्रै ८५ हजार १० नयाँ संक्रमित पुष्टि भएका छन् भने ज्यान गुमाउनेको संख्या ७ हजार २ सय ३४ रहेको छ । विश्वभर कोरोना भाइरस संक्रमितको संख्या १६ लाख ३ हजार ४ सय २८ पुगेको छ । संक्रमितमध्ये ३ लाख ५६ हजार ४४० जना उपचारपछि निको भएर घर फर्किएका छन् । हाल ११ लाख ५१ हजार २७४ जना कोरोना भाइरसको उपचारका लागि अस्पताल तथा आइसोलेसनमा रहेका छन् । उपचाररतमध्ये ४९ हजार १२५ जनाको अवस्था चिन्ताजनक रहेको छ । चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण अहिले चीनमा धेरै नियन्त्रणमा आएको छ । हिजो र अस्ति नयाँ संक्रमण नदेखिएको चीनमा बिहीबार २ जनाको मृत्यु भएको छ । ६३ जना नयाँ संक्रमित फेला परेका छन् । चीनमा अहिले १ हजार १६० जना मात्र अस्पतालमा उपचाररत छन् । तीमध्ये १८६ जनाको अवस्था चिन्ताजनक रहेको छ भने अरु सामान्य रहेका छन् । कोरोनाको संक्रमण सबैभन्दा धेरै अमेरिकामा फैलिएको छ । अमेरिकामा बिहीबार मात्रै ३३ हजार ५ सय ३६ जना नयाँ संक्रमित फेला परेका छन् । योसँगै कोरोना भाइरस संक्रमितको संख्या ४ लाख ६८ हजार ५ सय ६६ पुगेको छ । गत २४ घण्टामा १ हजार ९ सय जनाले ज्यान गुमाउँदा अमेरिकामा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १६ हजार ६९१ पुगेको जनाइएको छ । स्पेनमा पछिल्लो २४ घण्टामा ६ सय ५५ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १५ हजार ४ सय ४७ पुगेको छ । स्पेनमा एकैदिन ५ हजार २ जनामा संक्रमण देखिएसँगै संक्रमितको संख्या १ लाख ५३ हजार २ सय २२ पुगेको छ । स्पेनमा संक्रमितमध्ये ५२ हजार १ सय ६५ जना उपचारपछि निको भएका छन् । ७ हजार ३ सय ७१ जनाको अवस्था गम्भीर रहेको छ भने ८५ हजार ६ सय १० जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ । फ्रान्समा पछिल्लो २४ घण्टामा १ हजार ३४१ जनाले ज्यान गुमाएसँगै मृत्यु हुनेको संख्या १२ हजार २१० पुगेको छ । एकैदिन ४ हजार ७ सय ९९ जना संक्रमित भएको भेटिएसँगै कोरोना संक्रमितको संख्या १ लाख १७ हजार ७ सयभन्दा बढी पुगेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । फ्रान्समा संक्रमितमध्ये २३ हजार २ सय ६ जना उपचारपछि निको भएका छन् । ७ हजार ६६ जनाको अवस्था गम्भीर छ भने ८२ हजार ३ सय ३३ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, चैत्र २८ २०७६०४:११:२३
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend