काठमाडौं – कोरोना भाइरस संक्रमणले संसारभर मृत्यु हुनेको संख्या ८८ हजार ४ सय ४१ पुगेको छ ।
कोरोनाले १५ लाख १७ हजार ९५ जना संक्रमित भएका छन् भने ३ लाख २९ हजार ९ सय ५५ जना निको भएका छन् ।
बुधवार एकैदिन अमेरिकामा १ हजार ९ सय २६ जनाले ज्यान गुमाएका छन् । यससँगै अमेरिकामा मृत्यु हुनेको संख्या १४ हजार ७७४ पुगेको छ । अमेरिकामा ४ लाख ६२ हजारमध्ये ३१ हजार ७० जना नयाँ संक्रमित भेटिएका छन् ।
बेलायतमा पनि एकैदिन ९३८ जनाले ज्यान गुमाएका छन् । बेलायतमा हालसम्म ७ हजार ९७ जनाले ज्यान गुमाएका छन् । ६० हजार ७३३ जना संक्रमितमध्ये ५ हजार ४ सय ९१ जना नयाँ संक्रमित थपिएका छन् ।
स्पेनमा एकैदिन ७४७ जनाले ज्यान गुमाएका छन् । स्पेनमा हालसम्म १४ हजार ७९२ जनाले ज्यान गुमाएका छन् । स्पेनमा १ लाख ४८ हजार २२० संक्रमित रहेका छन्, जसमध्ये ६ हजार २ सय ७८ जना नयाँ संक्रमित भएका छन् ।
इटलीमा एकैदिन ५४२ जनाको मृत्यु भएको छ । हालसम्म इटलीमा १७ हजार ६६९ जनाले ज्यान गुमाएका छन् । कोरोनाले मृत्यु हुने इटलीमा सबैभन्दा बढी रहेका छन् । १ लाख ३९ हजार ४२२ संक्रमितमध्ये ३ हजार ८ सय ३६ जना नयाँ संक्रमित थपिएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।