आइतवार, आश्विन १८ २०८३Oct 04 2026

Logo
images images

कोरोना भाइरसबारे नरेन्द्र मोदीले गरे सर्वदलीय बैठक, के छ तयारी ?

कोरोना भाइरसबारे नरेन्द्र मोदीले गरे सर्वदलीय बैठक, के छ तयारी ?

  • बिहिवार, चैत्र २७ २०७६

  • 4.4K
    SHARES

  • नयाँदिल्ली – कोरोना भाइरस संक्रमण फैलिन नदिन चालिएका कदमबारे भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले संसद्मा प्रतिनिधित्व गर्ने दलका नेतासँग सर्वदलीय छलफल गरेका छन् । कोरोना भाइरसको संक्रमण विरुद्धको लडाइँलाई प्रभावकारी र सशक्त बनाउने उद्देश्यले सुझाव र सहमति लिन मोदीले सर्वदलीय बैठक गरेका हुन् । कोरोना भाइरस संक्रमण नदिन प्रधानमन्त्री मोदीले भारतभर लकडाउन घोषणा गरेका छन् । आगामी बैशाख २ गतेसम्म रहेको लकडाउनलाई थप लम्ब्याउने विषयमा मोदी सरकारले तयारी गरिरहेको र यी लगायत अन्य विषयमा छलफल गर्न सर्वदलीय बैठक गरिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । लोकसभा र राज्यसभामा पाँचभन्दा बढी सदस्य रहेका दलहरूसँग मोदीले छलफल गरेको प्रधानमन्त्रीको कार्यालयद्वारा जारी वक्तव्यमा उल्लेख छ । कोरोना भाइरसबाट बच्नका लागि सामाजिक दुरी कायम गर्नुपर्ने भएकाले बैठक भिडियोमार्फत गरिएको थियो । प्रधानमन्त्री मोदीले यसअघि केहीदिन पहिलो मन्त्रिपरिषद्को बैठक पनि भिडियोमार्फत नै गराएका थिए । मन्त्रिपरिषद् बैठकमा उनले ‘लकडाउन’पछिका लागि विशेष योजना बनाउन संघीय मन्त्रीहरूलाई निर्देशन दिएका थिए । उनले मुख्य १० निर्णयका लागि तयारी गर्न र प्राथमिकताका १० क्षेत्र किटान गर्न मन्त्रीहरूलाई सोमवार निर्देशन दिएका छन् । कोरोना भाइरस संक्रमण रोक्न लिएका नीतिका कारण देशका धेरै क्षेत्रमा दीर्घकालीन असर पर्ने भएकाले त्यसको सामना गर्नका लागि विशेष योजना, कार्यक्रम र रणनीतिहरू बनाउनुपर्नेमा प्रधानमन्त्री मोदीले जोड दिएका थिए । आन्तरिक उत्पादनलाई जोड दिँदै निर्यात गर्न सकिने नयाँ क्षेत्र र देशहरूको पहिचान गर्न र कार्यान्वयन गर्न सकिने योजना ल्याउन मोदीले निर्देशन दिएका छन् । भारतमा कोरोना भाइरसको संक्रमण फैलिँदै गएपछि गत मार्च २४ देखि लागू हुने गरी अप्रिल १४ सम्मका लागि २१ दिने देशव्यापी लकडाउन गरिएको छ । बुधवारको सर्वदलीय बैठकमा प्रधानमन्त्री मोदीले कोरोना भाइरस विरुद्धको लडाइँका लागि सरकारले गरिरहेका कामबारे जानकारी दिएका हुन् । उनले कोरोना भाइरस विरुद्धको लडाइँ सरकारको मात्रै लडाइँ नभएकाले साथ दिन सबै दललाई आग्रह गरेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, चैत्र २७ २०७६०१:५४:४०
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend