काठमाडौं – विश्वव्यापी महामारीको रुपमा रहेको कोरोना भाइरस संक्रमणको रोकथामका लागि भारत सरकारले भारतीय कांग्रेससहित सबै सांसदको तलब कटौती गर्ने निर्णय गरेको छ ।
कोरोनासँगको लडाइँलाई मजबुत बनाउन सरकारले जननिर्वाचित सांसदको तलब कटौती गर्ने निर्णय गरेपछि भारतीय कांग्रेसले स्वागत गरेको छ ।
भारत सरकारले पेन्सन र तलबसम्बन्धी नियममा केही परिवर्तन गर्दै प्रधानमन्त्रीसहित सबै सांसदको तलब ३० प्रतिशतले कटौती गर्ने घोषणा गरेको छ । भारतका सूचना प्रसारण मन्त्री प्रकाश जावडेकरले सांसदको तलब कटौती गर्ने निर्णय गरिएको जनाएका छन् ।
‘पहिलो निर्णय नेताहरूको तलब र पेन्सनसँग जोडिएको ‘संसद् सदस्य (तलब, भत्ता र पेन्सन) सँग जोडिएको अधिनियम १९५४’ मा परिमार्जन गरिने छ । त्यसबाट कोरोनाको महामारीसँग जुझ्न प्रधानमन्त्रीसँगै सबै सांसदहरूको तलब ३० प्रतिशतले कटौती हुनेछ,’ उनले भने । तलब कटौतीसम्बन्धी निर्णय अप्रिल १ देखि सुरू भई यस आर्थिक वर्षका लागि लागू रहने छ । तलबबाहेक सांसदको भत्ता समेत कटौती हुने जनाइएको छ ।
संसदको विपक्षी दल भारतीय कांग्रेस पार्टीले पनि तलब कटौती सम्बन्धी निर्णयको स्वागत गरेको छ । कांग्रेसका वरिष्ठ नेता अहमद पटेलले आफूले सांसदहरूको तलब कटौतीको स्वागत गरेको जनाएका छन् ।
कांग्रेसका प्रवक्ता रणदीप सिंह सुरजेवालाले प्रधानमन्त्री नरेन्द्र मोदीलाई सामाजिक सञ्जाल ट्विटरमा सम्बोधन गर्दै तलब कटौतीप्रति समर्थन रहेको जनाएका छन् । कांग्रेस सांसदले समेत कोरोनाविरुद्धको लडाइँमा सहयोग गरेपछि भारतभरका कांग्रेस नेता कार्यकर्ता खुशी भएका भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।